ट्रम्पको ट्यारिफ धम्कीपछि कीर्तिमानी उचाइमा सुनचाँदीको भाउ
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले युरोपका ८ देशमाथि ट्यारिफ लगाउने धम्की दिएपछि सुन र चाँदीको मूल्य बढेको छ।
- सोमबार सुन प्रतिऔंस ४,६८९ डलर ३९ सेन्ट र चाँदी प्रतिऔंस ९४ डलर शून्य ८ सेन्ट पुग्यो।
- ट्रम्पको ट्यारिफ धम्की र ग्रीनल्यान्डसम्बन्धी विवादले सुनको माग बढ्यो, ईयूले अमेरिकामाथि कर लगाउने तयारी गर्दैछ।
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका आठ देशमाथि ट्यारिफ लगाउने धम्की दिएपछि विश्व बजारमा अनिश्चितता बढेको छ । यसैको प्रभावस्वरूप सोमबार सुन र चाँदीको मूल्य इतिहासकै उच्च विन्दुमा पुगेको छ भने युरोपेली सेयर बजारहरू ओरालो लागेका छन् ।
सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार ६८९ डलर ३९ सेन्टमा पुगेको छ । सुनको भाउले यो स्तर छोएको यो नै पहिलो पटक हो । त्यस्तै सोमबबारको कारोबारमा अर्को बहुमूल्य धातु चाँदीको मूल्य पनि बढ्दै प्रतिऔंस ९४ डलर शून्य ८ सेन्टको उच्चतम् बिन्दुमा पुगेको छ ।
राजनीतिक र आर्थिक अनिश्चितताको समयमा सुनलाई सुरक्षित लगानीका रूपमा हेरिन्छ । युरोपेली देशलाई ट्रम्पको ट्यारिफ धम्कीले बहुमूल्य धातुहरूको माग बढेपछि तिनको मूल्य तीव्र रूपमा उकालो लागेको विश्लेषकहरू बताउँछन् । गत वर्ष मात्रै सुनको मूल्य ६० प्रतिशतभन्दा बढीले वृद्धि भएको थियो ।
शनिबार ट्रम्पले ग्रीनल्यान्ड आफ्नो नियन्त्रणमा लिने प्रस्तावको विरोध गरेका डेनमार्क, नर्वे, स्विडेन, फ्रान्स, जर्मनी, बेलायत, नेदरल्यान्ड्स र फिनल्यान्डबाट आयात हुने वस्तुमा फेब्रुअरी १ देखि १० प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।
आवश्यक परे यो कर बढाएर २५ प्रतिशतसम्म पुर्याइने र ग्रीनल्यान्डसम्बन्धी सहमति नभएसम्म लागु रहने उनको भनाइ थियो । यसको प्रतिक्रियास्वरूप ईयूले अमेरिकाबाट आयात हुने वस्तुमा ९३ अर्ब युरो बराबरको कर लगाउने तयारी गरिरहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण