कोशीमा कांग्रेसले टुंग्यायो १२ उम्मेदवार
विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेशका १२ निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ । पार्टीले हिमाली र पहाडी जिल्लाका उम्मेदवारको टुंगो पहिलो चरणमा लगाएको छ ।
कांग्रेसले धनकुटामा जिल्ला सभापति दिनेश राईलाई उम्मेदवार बनाएको छ भने तेह्रथुममा कांग्रेस जिल्ला सचिव सन्तोष सुब्बालाई उम्मेदवार बनाएको छ ।
पाँचथरमा नरेन्द्र केरुङलाई उम्मेदवार बनाएको छ भने ताप्लेजुङमा गजेन्द्र तुम्याहाङले टिकट पाएका छन् । कांग्रेसले इलाम-१ मा निष्कल राईलाई उम्मेदवार बनाएको छ । इलाम-२ मा भने पुराना नेता भेषराज आचार्यलाई उम्मेदवार बनाएको छ ।
यस्तै उदयपुर-१ मा विदुर बस्नेतलाई उम्मेदवार बनाएको छ भने उदयपुर-२ मा रामकुमार राईले टिकट पाएका छन् । कांग्रेसले खोटाङमा वीरकाजी राईलाई उम्मेदवार बनाउँदा ओखलढुंगामा रामहरि खतिवडा उम्मेदवार बनेका छन् । सोलुखुम्बुमा प्रकाशजंग कार्कीलाई उम्मेदवार बनाउँदा मोरङ-३ मा सुनिल शर्माले टिकट पाएका छन् ।
मोरङ-३ बाहेक झापा, मोरङ र सुनसरीका १४ क्षेत्रको उम्मेदवार कांग्रेसले टुंगो लगाउन बाँकी छ । संखुवासभा र भोजपुरको पनि उम्मेदवार टुंगो लाग्न बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
-
फिफा विश्वकप २०२६ः जर्मनीको सानदार सुरुवात
-
कुरासाओ विरुद्ध जर्मनीको ‘गोल वर्षा’: आधा दर्जन गोल पूरा
-
ब्राउनले थपे पाचौँ गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण