संविधानतः कार्यकाल समाप्त भएको भन्दै सभामुख घिमिरेले दिए यस्तो सन्देश
सारांश
- सभामुख देवराज घिमिरेले तीन वर्ष पूरा भएसँगै कार्यकाल समाप्त भएको बताए।
- उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सुदृढ बनाउन भूमिका खेलेको बताए।
- सदनले संविधानको सर्वोच्चता, मर्यादा र जनताको आकाङ्क्षालाई केन्द्रमा राखेको घिमिरेको भनाइ छ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले तीन वर्ष पूरा भएसँगै संविधानतः कार्यकाल समाप्त भएको उल्लेख गरेका छन् । कार्यकालको समाप्तिसँगै संविधानले प्रदान गरेको जिम्मेवारी निर्वाह गर्ने क्रममा सहयोग गर्ने सबैप्रति उनले धन्यवाद ज्ञापन गरेका छन् ।
आफ्नो कार्यकालमा प्रतिनिधि सभाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई सुदृढ बनाउने तथा संविधान कार्यान्वयनका लागि कानुन निर्माण, नीतिगत बहस तथा कार्यपालिकामाथि प्रभावकारी निगरानीमार्फत महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताएका छन् ।
विचार, दृष्टिकोण र राजनीतिक मतभेदका बाबजुद पनि सदनले संविधानको सर्वोच्चता, संसदीय मर्यादा र नेपाली जनताको आकाङ्क्षालाई केन्द्रमा राखी आफ्नो कर्तव्य पूरा गरेको घिमिरेको दाबी छ ।
'सरकार र प्रतिपक्षमा रहनु भएका सबै राजनीतिक दलहरूले संसदीय बहसलाई समृद्ध तुल्याउँदै लोकतान्त्रिक मूल्य र सन्तुलन कायम गर्न खेलेको भूमिकाको म उच्च कदर गर्दछु । संसदीय समितिहरूले विधेयक परीक्षण, सरकारी कार्यसम्पादनको अनुगमन तथा सरोकारवालासँगको अन्तरक्रियामार्फत जिम्मेवारीपूर्वक कार्य सम्पादन गर्नुभएकोमा म हार्दिक प्रशंसा व्यक्त गर्दछु' सन्देशमा उनले भनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण