चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा
काठमाडौँ । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन् । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार बन्दैछन् । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व र सोही पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने तयारी गरेका छन्। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बन्दैछन् ।
यसअघि २०७९ को आमनिर्वाचनमा एमाले अध्यक्ष ओली झापा–५, नेकपाका संयोजक दाहाल गोरखा–२, सहसंयोजक नेपाल रौतहट–१ बाट निर्वाचित भएका थिए । उक्त निर्वाचनमा पूर्वप्रधानमन्त्री डा. भट्टराईले तत्कालीन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले जित्दै आएको क्षेत्र छाडेर सहयोग गरेका थिए ।
२०४८ सालको निर्वाचनपछि लगातार डडेलधुराबाट निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने यसपटक उम्मेदवार बनेनन् । पार्टीको विशेष महाधिवेशनका विषयमा उत्पन्न परिस्थितिका कारण उनी यसपटक चुनावी मैदानबाट बाहिरिएका हुन् ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) निर्वाचन प्रणालीतर्फ मंगलबार मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको मनोनयन दर्ता भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'राजासहितको प्रजातन्त्र' को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
-
पोखराको फोहोर फाल्ने ठाउँमा भेटियो ग्रिनेट
-
इरानले भन्यो, ‘कुवेत विमानस्थलमाथिको आक्रमणमा अमेरिकी प्रतिरक्षा प्रणालीको हात’
-
कांग्रेसमा ३ लाख ७५ हजारको क्रियाशील सदस्यता अद्यावधिक
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण