अपडेट
झापा–५ मा बालेनले गरे उम्मेदवारी दर्ता
मङ्गलबार, ०६ माघ २०८२, १२ : ४६
१
सारांश
- काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन साहले झापा-५ बाट उम्मेदवारी दर्ता गराएका छन्।
- बालेनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन्।
- झापा-५ मा बालेन र केपी शर्मा ओलीबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले झापा–५ बाट उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।
सयौँ समर्थका साथमा निर्वाचन कार्यालय झापा पुगेका बालेनले मंगलबार अपराह्न उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा भेषराज भट्टराई र समर्थकमा भूमिनन्द बराल रहेका छन् ।
झापा–५ मा पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीबाट रञ्जित तामाङ पनि उम्मेदवारी दर्ता गर्दैछन् । झापा–५ मा बालेन र केपी शर्मा ओलीबिच प्रतिस्पर्धा हुने भएपनि त्यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ ।
बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा प्रोजेक्ट गरेको छ भने एमालेले ओलीलाई अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
इप्पानको नयाँ कार्यसमितिद्वारा पदभार ग्रहण
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दोस्रो हाफको सरुवातमै जमाल मुसियालाको गोल, जर्मनी ४–१ ले अघि
-
फिफा विश्वकप २०२६ः जर्मनी ४–१ ले अघि
-
हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन: प्रधानमन्त्री बालेन्द्र शाह
-
काइ हाभर्ट्जको पेनाल्टी गोल, पहिलो हाफमा जर्मनी ३–१ ले अघि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण