एमालेले १६५ वटै क्षेत्रमा उठायो उम्मेदवार, ५४.५४ प्रतिशत नयाँ अनुहार
सारांश
- नेकपा एमालेले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि १६५ वटै क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ।
- एमाले प्रचार विभागका अनुसार निर्वाचनमा ५४.५४ प्रतिशत युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाइएको छ।
- अध्यक्ष केपी शर्मा ओली झापा–५, महासचिव शङ्कर पोखरेल दाङ २, लगायतका नेताहरूले उम्मेदवारी दर्ता गराएका छन्।
काठमाडाैँ । नेकपा एमालेले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
एमाले प्रचार विभागले मंगलबार बेलुका पार्टी कार्यालय च्यासलमा पत्रकार सम्मेलन गर्दै निर्वाचनमा नयाँ अनुहारलाई अवसर प्रदान गरेको जानकारी दिएको हो ।
‘एमालेले यो निर्वाचनमा देशभर ५४.५४ प्रतिशत युवा र नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ’, एमाले प्रचार विभाग प्रमुख मीन बहादुर शाहीले आफ्ना उम्मेदवारहरूलाई निर्वाचित गराउन मतदाताहरूलाई आग्रह गर्दै भने, ‘मधेस र सुदूरपश्चिममा ५०/५० प्रतिशत । कोशीमा ५३.५७ प्रतिशत नयाँ अनुहार ।कर्णालीमा ७५ प्रतिशत नयाँ अनुहार अगाडी सारेको छ भने लुम्बिनीमा ४२.३० प्रतिशत । बागमती र गण्डकीमा ६० र ६१.११ प्रतिशत नयाँ अनुहारलाई उम्मेदवार बनाएको छ ।’
एमालेले नयाँ पुस्ताको सुन्दर भविष्य निर्माण गर्ने निर्णायक मोडका रूपमा यो निर्वाचनलाई लिएको जनाएको छ । एमालेले अध्यक्ष केपी शर्मा ओलीले झापा–५, महासचिव शङ्कर पोखरेल–दाङ २, उपाध्यक्षहरू विष्णु पौडेल रुपन्देही–२, गोकर्ण विष्ट–गुल्मी २ तथा पृथ्वी सुब्बा गुरुङले लमजुङबाट उम्मेदवारी दर्ता गराएका छन् ।
त्यस्तै उपमहासचिव लेखराज कैलाली, रघुवीर महासेठलाई एमालेले धनुषा ४ बाट उम्मेदवार बनाएको छ । सचिवहरू भानुभक्त ढकाल तेह्रथुम,शेरधन राई भोजपुर,राजन भट्टराई काठमाडौँ–४,महेश बस्नेत भक्तपुर–२ तथा नेता ईश्वर पोखरेल काठमाडौँ ५ उम्मेदवारी दिएका छन् ।
पत्रकार सम्मेलनमा उपाध्यक्ष रामबहादुर थापा बादलले एमालेले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भनेर निष्कर्ष निकालेको जनाए । यो निर्वाचनमा एमाले किन सहभागी भयो भन्ने प्रश्नमा थापाले लोकतन्त्रको संरक्षण र राजनीतिक स्थायित्व कायम गर्न आवश्यक भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण