नवलपुर– २ मा १८ जना उम्मेदवार
पोखरा । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को निर्वाचन क्षेत्र नम्बर २ मा १८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको विवरण अनुसार राजनीतिक दल र स्वतन्त्र उम्मेदवारहरूले उत्साहजनक रूपमा सहभागिता जनाएका हुन् ।
यस क्षेत्रमा नेकपा एमालेका तर्फबाट तिल बहादुर महत क्षेत्रीले उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेसका ओम प्रकाश पुन उम्मेदवार भएका छन् । नेपाली कम्युनिष्ट पार्टी गणेशमान महतो, राष्ट्रिय स्वतन्त्र पार्टीका मनिष खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीकी रुनकुमारी महतोले उम्मेदवारी दिएकी छिन् ।
यस्तै, राष्ट्रिय जनमोर्चाका विष्णु गिरी, मंगोल नेसनल अर्गनाइजेशनका निब बहादुर आले, आम जनता पार्टीकी लक्ष्मी सारु मगर, नेपाल कम्युनिष्ट पार्टी माओवादीका बसन्त प्रसाद ज्ञवाली, प्रगतिशील लोकतान्त्रिक पार्टीका भावसिंह महतो, हाम्रो नेपाली पार्टीका कमल चापागाईँ, राष्ट्रिय जनमुक्ति पार्टीका खेम बहादुर राना उम्मेदवार छन् ।
भरत प्रसाद वस्ती, रिमा कुमारी भुसाल, शशिला देवकोटा न्यौपाने, सिता कुमारी लामिछाने, तोल बहादुर लुङगेली मगर र प्रेम बहादुर सिन्जाली मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
-
‘मिसेस नेपाल वर्ल्ड’ को आवेदन खुला : विजेताले अमेरिकामा हुने ‘मिसेस वर्ल्ड’ मा नेपालको प्रतिनिधित्व गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण