प्रतिनिधि सभा निर्वाचन : कुन उमेर समूहका कति जनाले गराए उम्मेदवारी दर्ता ?
सारांश
- आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३,४८४ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- निर्वाचन आयोगका अनुसार, २५ देखि ३५ वर्ष उमेर समूहका ५८३ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
- ३६ देखि ५० वर्षसम्मका १,६१० जना र ५१ देखि ६५ वर्षसम्मका १,०९० जनाले उम्मेदवारी दिएका छन्।
काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि ३ हजार ४८४ जनाले जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
मंगलबार उम्मेदवारहरूले आ–आफ्नो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । ३८५ महिला,३ हजार ८८ पुरुष र १ अन्य गरी ३ हजार ४८४ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताए ।
उनका अनुसार २५ देखि ३५ वर्षसम्मका ५८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसमा ६७ जना महिला, ५१५ जना पुरुष र १ अन्य छन् ।
त्यस्तै ३६ देखि ५० वर्षसम्मका १ हजार ६१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यसमध्ये२३५ महिला र १ हजार ३७५ पुरुष रहेका छन् । यस्तै ५१ देखि ६५ वर्षसम्मका १ हजार ९० जनाले उम्मेदवारी दर्ता गराएका आयोगका प्रवक्ता भट्टराईले बताए ।
यसमा ९० जना महिला र १ हजार जना पुरुषले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै ६५ वर्षमाथिका २ सय १ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा ३ जना महिला र १९८ जना पुरुष रहेका छन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण