बालेन शाहले कोशीमा एक साता बिताउने
सारांश
- रास्वपाका नेता बालेन्द्र शाह झापा क्षेत्र नम्बर ५ बाट चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला जाने भएका छन्।
- उम्मेदवारी दर्ता गरेपछि शाहले पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसार गर्नेछन्।
- यज्ञमणि न्यौपानेका अनुसार, शाहको कोशीमा एक सातासम्म बसाई हुनेछ, जसमा धनकुटा र भोजपुर पनि पर्छन्।
काठमाडौँ । रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) चुनाव प्रचार प्रसारका लागि कोशीका विभिन्न जिल्ला जाने भएका छन् । उम्मेदवारी दर्ता गर्न माघ ४ गते जनकपुर पुगेका बालेन ६ गते बिहान झापा पुगेर प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका थिए ।
उम्मेदवारी दर्ता गरेपछि माघ सात गते दिनभर झापामै बसेर चुनावी गतिविधिमा सक्रिय रहेका शाह माघ ८ गतेबाट पाँचथर, तेह्रथुम लगायतका जिल्लामा चुनावी प्रचार प्रसारमा जाने शाहलाई सहयोग गर्दै यज्ञमणि न्यौपानेले जानकारी दिए । न्यौपाने आफैँ पनि मोरङ–१ बाट रास्वपाको उम्मेदवार छन् ।
‘भोलिबाट पाँचथर, तेह्रथुम र ताप्लेजुङ जानुहुन्छ’, न्यौपानेले रातोपाटीसँग भने, ‘फर्केर झापा बस्नुहुन्छ । त्यसपछि धनकुटा भोजपुर सम्म जाने कार्यक्रम छ । यसो गर्दा उहाँको बसाई कोशीमा अझै एक साता हुने भएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण