आतङ्कवादलाई वित्तपोषण गरेको मामिलामा दोषी ठहरिन् फिलिपिनी पत्रकार कुम्पियो
सारांश
- फिलिपिन्सकी पत्रकार फ्रेन्ची मे कुम्पियोलाई आतंकवाद वित्तपोषणको आरोपमा १२ वर्ष जेल सजाय सुनाइएको छ।
- २०२० मा छापा मार्दा कुम्पियोको ओछ्यानमा हतियार फेला परेको दाबी गरिएको थियो, तर उनी हतियार मुद्दाबाट मुक्त भइन्।
- पत्रकार कुम्पियो पूर्वी भिसायस क्षेत्रमा सेना र प्रहरीको दुरुपयोगबारे रिपोर्टिङ गर्थिन्, जसले गर्दा प्रेस स्वतन्त्रतामा असर पर्ने देखिएको छ।
मनिला । फिलिपिन्सकी २६ वर्षीया पत्रकार फ्रेन्ची मे कुम्पियोलाई आतंकवाद वित्तपोषणको आरोपमा दोषी ठहर गर्दै कम्तीमा १२ वर्ष जेल सजाय सुनाइएको छ । प्रेस स्वतन्त्रता समूहहरूले यसलाई न्यायको उपहास भनेका छन् ।
कुम्पियोलाई सन् २०२० को फेब्रुअरीमा मध्यराति सेनाले उनको बासस्थानमा छापा मारेर पक्राउ गरेको थियो । छापाका क्रममा उनको ओछ्यानबाट हाते ग्रेनेड, बन्दुक र कम्युनिस्ट झन्डा भेटिएको दाबी गरिएको थियो । यी आरोप बनावटी भएको र उनको आलोचनात्मक रिपोर्टिङकै कारण ‘रेड–ट्यागिङ’ गरिएको मानवअधिकार समूहहरूले बताएका छन् ।
छ वर्षसम्म बिना मुद्दा जेलमा बसेकी कुम्पियोलाई अवैध हतियार तथा विस्फोटक राखेको अभियोगबाट भने अदालतले निर्दोष ठहर गर्याे । तर आतंकवाद वित्तपोषणमा दोषी ठहर गरिँदा उनी र उनकी पूर्वरुममेट मारिएल डोमेक्विल दुवैलाई १२–१२ वर्ष जेल सजाय सुनाइयो ।
कुम्पियो पूर्वी भिसायस क्षेत्रमा सेना र प्रहरीद्वारा गरिएका दुरुपयोगबारे रिपोर्टिङ गर्थिन् । यो फैसलाले ग्रामीण तथा सामुदायिक पत्रकारितामा गम्भीर असर पर्ने चेतावनी प्रेस स्वतन्त्रता सङ्गठनहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जबरजस्ती करणी अभियोगमा दिल्ली क्यापिटल्सका पोरेललाई पक्राउ गर्न आदेश
-
अभिनेत्री गौमाया गुरुङले गरिन् विवाह
-
वर्षायाममा भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न प्रदेश कार्यालयलाई निर्देशन
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण