वाल्डोमा क्यासिनोमा इभेन्टको नाममा ठगी गर्नेहरू रिहा
सारांश
- ठमेलमा 'क्यासिनो इभेन्ट'को नाममा जुवा खेलाएर ठगी गर्नेहरू मिलापत्रपछि छुटेका छन्।
- प्रहरीले पक्राउ गरेका ६ जनामध्ये ४ जना पुर्पक्षका लागि थुनामा गएका थिए, तर पछि छुटे।
- उनीहरूले तास र लेन्स प्रयोग गरेर अन्य खेलाडीलाई ठग्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।
काठमाडौँ । काठमाडौँको ठमेल स्थित अलफ्ट होटल परिसरमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिमा ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर ठगी गर्नेहरू छुटेका छन् ।
प्रहरीले मंसिर २६ मा भारतको महाकाय समूहका मुख्य व्यक्ति ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।
अदालतले उनीहरूमध्ये चार जनालाई पुर्पक्षको लागी थुनामा पठाएको थियो । भारतीय नागरिकहरू महाजन, ३९ वर्षीय प्रमोद मोरिया, ३१ वर्षीय विक्रम सिंह, ३७ वर्षीय दिनेश वर्मा छुटेका हुन् ।
काठमाडौँ जिल्ला अदालतको आदेशले पुस २३ मा पुर्पक्षमा गएका उनीहरू बुधवार मिलापत्र गरेर छुटेका हुन् । पीडित पक्षसँग मिलापत्र भएपछि कारागार कार्यालय डिल्लीबजारबाट उनीहरू रिहा भएको काठमाडौँ जिल्ला अदालतका एक जना अधिकृतले रातोपाटीलाई बताए ।
उनीहरूसँगै पक्राउ परेका नेपाली नागरिकहरू ४० वर्षीया भवानी पाण्डे र सुनसरी घर भएकी ३६ वर्षीया चिजा खड्का यसअघि नै छुटेका थिए ।
उनीहरुले जुवा खेल्दा तासमा चिप्स र आँखामा लेन्स प्रयोग गरेर अन्य खेलाडीहरूलाई हराएर ठग्ने गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । सरकारी वकिलले उनीहरू विरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।
भारतको महाकाय समूहले ठमेल स्थित वाल्डो क्यासिनोमा मंसिर २५ देखी २८ सम्म इभेन्ट गर्न भनेर करिब २ सय खेलाडीलाई ल्याएका थिए ।
छुटाउनुभयाे कि ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण