कैफियत देखिएपछि विभागको दुई लाख एक हजार जरिवाना
शुक्रबार, ०९ माघ २०८२, ०५ : २०
सारांश
- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १८ वटा फर्मको निरीक्षण गर्यो।
- न्यू शिव स्टोरलाई दुई लाख एक हजार जरिवाना गरियो।
- हिमालउन ब्रुअरीलाई कागजातसहित उपस्थित हुन निर्देशन दिइयो।
काठमाडौँ । नियमित रूपमा बजार अनुगमन तथा निरीक्षण गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एकै दिनमा काठमाडौँ, भक्तपुर र ललितपुरका १८ वटा फर्ममा निरीक्षण गरेको छ ।
अनुगमनका क्रममा कैफियत देखिएपछि न्यू शिव स्टोर काठमाडौँ २९ नयाँ बसपार्कलाई रु दुई लाख एक हजार बराबरको जरिवाना गरेको छ । उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम उक्त फर्मलाई कारबाही गरिएको विभागले जनाएको छ ।
यसैगरी हिमालउन ब्रुअरी प्रालिलाई व्यवसायसँग सम्बन्धित कागजात लिएर तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ । अन्य १६ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिइएको विभागले प्रस्ट पारेको छ ।
स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा स्थानीय सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुगमन गरिएको विभागले प्रस्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण