कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान
गण्डकी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीका तीन वटा निर्वाचन क्षेत्रमा गत मङ्गलवार मनोनयन पत्र दर्ता गरेका ४९ जनाकै उम्मेदवारी कायम भएको छ । शुक्रबार उम्मेदवारको अन्तिम नामावली प्रकाशित गरी चुनाव चिन्ह प्रदान गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत राजन खनालले जानकारी दिए ।
कास्की–३ मा स्वतन्त्र उम्मेदवार नभएकाले सबै उम्मेदवारले दलको चुनाव चिह्न प्राप्त गरेको उनले बताए । उक्त क्षेत्रमा १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । नेपाली कांग्रेसबाट मनोज गुरुङ, नेकपा (एमाले) बाट दामोदर पौडेल बैरागी, नेपाली कम्युनिस्ट पार्टीबाट गोपाल गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिना गुरुङ उम्मेदवार रहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अर्जुनप्रसाद खनाल, नेपाल मातृभूमि पार्टीबाट ओमप्रकाश विश्वकर्मा, उज्यालो नेपाल पार्टीबाट तर्कबहादुर गुरुङ, नेपाल मजदुर किसान पार्टीका मीना न्हिसुतु, आम जनता पार्टीबाट कुशल थापा क्षेत्री, संयुक्त नागरिक पार्टीका टेकबहादुर सार्की, मङ्गोल नेशनल अर्गनाइजेशन पार्टीका जीवनबहादुर गुरुङ, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर थापा, नेशनल रिपब्लिक पार्टीका तीर्थ गुरुङ, नेकपा माओवादीबाट कुशल खड्का र श्रम संस्कति पार्टीबाट हितकाजी गुरुङले चुनावी प्रतिस्पर्धामा छन् ।
कास्की–१ मा १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट तिलकबहादुर रानाभाट, नेकपा (एमाले) बाट वैनबहादुर क्षेत्री अधिकारी, नेपाल कम्युनिस्ट पार्टीबाट राजकाजी गुरुङ र राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल उम्मेदवार रहेके छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका बाबुराम थापा, नेपाल मानवता पार्टीबाट आशबहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीका कर्णबहादुर गुरुङ, नेपाल कम्युनिस्ट पार्टी माओवादीका कुमार परियार, उज्यालो नेपाल पार्टीका मनिषा द्धा, नेपाल जनमुक्ति पार्टीका मिनबहादुर दर्जी, नेशनल रिपब्लिक नेपाल पार्टीका यज्ञबहादुर गुरुङ, राष्ट्रिय जनमोर्चाबाट रविमोहन ढकाल, श्रम संस्कृति पार्टीका विलबहादुर तामाङ लामा, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मान थापा, जनता समाजवादी पार्टीबाट रामकाजी चर्माकार र आम जनता पार्टीका हर्कबहादुर थापा चुनावी प्रतिस्पर्धामा छन् ।
उक्त क्षेत्रका स्वतन्त्र उम्मेदवार कृष्णबहादुर राउतलाई त्रिभुज चिन्ह प्रदान गरिएको कास्की–१ को निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत सोनु बानियाँले जानकारी दिए । कास्की–२ मा पनि १७ जनाकै उम्मेदवारी कायम भएको छ । उक्त क्षेत्रमा नेपाली काँग्रेसबाट माधवप्रसाद बाँस्तोला, नेकपा (एमाले) बाट रश्मी आचार्य, नेपाल कम्युनिस्ट पार्टीबाट हेमबहादुर थापा पराजुली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उत्तमप्रसाद पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हेमजङ्ग गुरुङ, मङ्गोल नेशनल अर्गानाइजेशनबाट ओलबहादुर गुरुङ र उज्यालो नेपाल पार्टीबाट कुशल गुरुङ उम्मेदवार रहेका छन् ।
यस्तै नेपाल जनमुक्ति पार्टीबाट ख्यामबहादुर गुरुङ, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक भण्डारी, नेकपा माओवादीबाट प्रेमबहादुर थापा, नेपाल मजदुर किसान पार्टीबाट विनिता अवाल र नेशनल रिपब्लिक नेपालबाट ज्ञानराज गुरुङ चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । कास्की–२ को निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी दीपक गिरीका अनुसार सो क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिनुभएका वसन्तराज घिमिरेलाई ट्रफी, विष्णप्रसाद तिवारीलाई त्रिभुज, रामचन्द्र आचार्यलाई हेल्मेट, निर्दोष विक्रम पौडेललाई क्याल्कुलेटर र निरञ्जन कोइरालालाई मसी चुनाव चिन्ह प्रदान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण