इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु
आइतबार, ११ माघ २०८२, ०० : १२
सारांश
- इटहरीमा ट्रकले साइकलयात्रीलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भयो।
- दुर्घटनामा ४५ वर्षीय पूर्णप्रसाद राईको मृत्यु भएको हो।
- प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ।
सुनसरी । इटहरीमा ट्रकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख केशवकुमार थेवेका अनुसार शनिबार इटहरीको मुख्य चोकमा पश्चिमबाट पूर्वतर्फ गइरहेको बा ०१–००४क ३१८१ नम्बरको ट्रकले ठक्कर दिँदा इटहरी–४ का साइकल यात्री ४५ वर्षीय पूर्णप्रसाद राईको घटनास्थलमै मृत्यु भएको हो ।
चालकलाई अहिले इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख थेवेले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण