बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लुम्बिनीमा १ बजेसम्म २७० मत खस्यो

आइतबार, ११ माघ २०८२, १३ : २६
आइतबार, ११ माघ २०८२

सारांश

  • लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनको मतदान जारी छ, जसमा दिउँसो १ बजेसम्म २७० जनाले मतदान गरेका छन्।
  • प्रदेशसभा सदस्यतर्फ २९ महिला र ४८ पुरुषले मतदान गरेका छन् भने स्थानीय तहतर्फ ७७ महिला र ११६ पुरुषले मतदान गरेका छन्।
  • लुम्बिनीमा ३ सिटका लागि ८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् र मतदान दिउँसो ३ बजेसम्म चल्नेछ।

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा निर्वाचनको मतदान जारी रहेको छ । दिउँसो १ बजेसम्म २७० जनाले मतदान गरेका छन् । निर्वाचन कार्यालयका अनुसार प्रदेशसभा सदस्यतर्फ २९ जना महिला र ४८ जना पुरुषले मतदान गरेका छन् ।  

स्थानीय तहतर्फ ७७ जना महिला र ११६ जना पुरुषले मतदान गरेको निर्वाचन कार्यालयमा सूचना अधिकारी गेहेन्द्र कुँवरले बताए । लुम्बिनीमा ३ सिटका लागि ८ जना उम्मेदवार मैदानमा रहेका छन् । दिउँसो ३ बजे सम्म मतदान गर्ने समय तोकिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप