धर्मेन्द्रलाई मरणोपरान्त पद्म विभूषण, रोहित र अल्कालाई पनि सम्मान
काठमाडौँ । भारतको केन्द्र सरकारले गणतन्त्र दिवसको पूर्वसन्ध्यामा सन् २०२६ का लागि १३१ पद्म पुरस्कारको घोषणा गरेको छ।
आइतबार सार्वजनिक गरिएको उक्त सूचीमा ५ पद्म विभूषण, १३ पद्म भूषण र ११३ पद्मश्री पुरस्कार समावेश छन्।
यस वर्षको पुरस्कार सूचीमा कला, खेलकुद र राजनीति क्षेत्रका दिग्गज हस्तीहरूको नाम समेटिएको छ। सरकारले घोषणा गरे अनुसार दिवङ्गत अभिनेता धर्मेन्द्र, सर्वोच्च अदालतका पूर्व न्यायाधीश केटी थोमस र कम्युनिस्ट नेता वीएस अच्युतानन्दनसहित ५ जनालाई पद्म विभूषण प्रदान गरिने भएको छ।
त्यस्तै, झारखण्डका पूर्व मुख्यमन्त्री दिवङ्गत शिबु सोरेन, उत्तराखण्डका पूर्व मुख्यमन्त्री भगत सिंह कोश्यारी र चर्चित बलिउड गायिका अल्का याग्निकसहित १३ जनालाई पद्म भूषणबाट सम्मानित गरिनेछ।
खेलकुद क्षेत्रबाट पनि यसपटक ठुला नामहरू सूचीमा परेका छन्। क्रिकेटर रोहित शर्मा, भारतीय महिला क्रिकेट टोलीकी कप्तान हरमनप्रीत कौर, हक्की खेलाडी सविता पुनिया र प्यारा एथलिट प्रवीण कुमारलाई पद्मश्री सम्मान दिइने भएको छ। रोहित र हरमनप्रीतसहित कुल ११३ जनाले पद्मश्री पाउने छन्।
यस वर्ष पद्म पुरस्कार पाउने विजेताहरूमध्ये १९ जना महिला छन्। सूचीमा ६ जना विदेशी, एनआरआई वा ओसीआई श्रेणीका व्यक्तिहरू पनि समावेश छन्। यसका साथै १६ जना हस्तीलाई मरणोपरान्त पुरस्कार दिइने घोषणा गरिएको छ।
भारतको सर्वोच्च नागरिक सम्मानमध्ये पर्ने यी पुरस्कारहरू कला, समाज सेवा, विज्ञान, इन्जिनियरिङ, व्यापार, चिकित्सा, साहित्य, शिक्षा, खेलकुद र निजामती सेवाजस्ता विविध क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तिहरूलाई तीन श्रेणीमा प्रदान गर्ने गरिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण