माउन्ट एभरेष्ट तेक्वान्दो फागुनमा
सारांश
- माउन्ट एभरेष्ट अन्तरराष्ट्रिय तेक्वान्दो प्रतियोगिता फागुन १ गतेदेखि हुने भयो ।
- प्रतियोगितामा २० राष्ट्रका १५०० खेलाडीको सहभागिता रहनेछ ।
- प्रतियोगिता सञ्चालन गर्न करिब ३ करोड खर्च लाग्नेछ।
काठमाडौँ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता (डब्लुटी जी वान) तथा दोस्रो माउन्ट एभरेष्ट जिसिएस अन्तरराष्ट्रिय पुम्से प्रतियोगिता (डब्लुटी जी वान) फागुन १ गतेदेखि हुने भएको छ ।
प्रतियोगितामा २० राष्ट्रका करिब एक हजार ५०० खेलाडीको सहभागिता रहने आयोजक सङ्घका उपाध्यक्ष भानबहादुर चन्दले आइतबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनका अनुसार गेरोगी/पुम्सेतर्फ जम्मा ७४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सञ्चालन गरिरहेको मिसन– २०२६ को विशेष प्रशिक्षणमा रहेका खेलाडी पनि सहभागी हुने सङ्घका सदस्य कुमार लामा घिसिङले बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब रु तीन करोड खर्च लाग्ने आयोजकले जनाएको छ । प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्न सङ्घका सल्लाहकार परिषद्का अध्यक्ष एवं तेक्वान्दो सङ्घका पूर्वअध्यक्ष प्रकाशशम्शेर राणाको अध्यक्षतामा मूल आयोजक समिति गठन गरिएको छ भने विभिन्न १३ उपसमिति पनि गठन गरिएका छन् । छ दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा खेलाइने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण