झापामा कुष्ठरोगको डरलाग्दो अवस्था : ६ महिनामै भेटिए ५५ नयाँ बिरामी
सारांश
- झापामा कुष्ठरोगको संक्रमण दर बढ्दै गएको पाइएको छ, चालु आर्थिक वर्षको ६ महिनामा ५५ नयाँ बिरामी फेला परेका छन्।
- दमक र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्, जहाँ १२/१२ जना नयाँ बिरामी फेला परेका छन्।
- पछिल्लो पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगको ग्राफ बढिरहेको देखाउँछ, तर समयमै उपचार गरे निको हुन्छ।
झापा । झापामा कुष्ठरोगको सङ्क्रमण दरमा कमी आउनुको साटो उल्टै बढ्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामै जिल्लाभर ५५ जना नयाँ कुष्ठरोगी फेला परेपछि स्वास्थ्य क्षेत्रमा चिन्ता थपिएको हो। स्वास्थ्य कार्यालय झापाका अनुसार पुस मसान्तसम्म फेला परेका यी नयाँ बिरामीमध्ये एक जना बालबालिका समेत रहेका छन्।
जिल्लाका १५ पालिकाहरूमध्ये दमक नगरपालिका र कचनकवल गाउँपालिका कुष्ठरोगबाट सबैभन्दा बढी प्रभावित देखिएका छन्। यी दुई पालिकामा मात्रै १२/१२ जना नयाँ बिरामी भेटिएका छन्। यस्तै शिवसताक्षी, बाह्रदशी र बिर्तामोडमा ५/५ जना, भद्रपुरमा ४ जना, मेचीनगरमा ३ जना तथा बुद्धशान्ति, गौरादह र गौरीगञ्जमा २/२ जना नयाँ बिरामी पहिचान भएका छन्। फेला परेकामध्ये ५३ जनाले अहिले नियमित औषधि सेवन गरिरहेका छन्।
पछिल्लो पाँच वर्षको तथ्याङ्कले झापामा कुष्ठरोगको ग्राफ लगातार उकालो लागिरहेको देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ९५ जना मात्र बिरामी रहेकोमा गत आर्थिक वर्ष २०८०/८१ सम्म आइपुग्दा यो सङ्ख्या बढेर १४७ पुगेको छ। सङ्क्रमण दर पनि १.०२ प्रतिशतबाट बढेर १.४७ प्रतिशत पुग्नुले जिल्लामा कुष्ठरोग नियन्त्रण बाहिर जान थालेको सङ्केत गर्छ।
नेपालमा वार्षिक करिब दुई हजार पाँच सय नयाँ कुष्ठरोगी थपिने गरेका छन्। चिकित्सकहरूका अनुसार समयमै पहिचान भएमा बहु–औषधि विधिबाट यो रोग ६ देखि १२ महिनाभित्र पूर्ण रूपमा निको हुन्छ। तर, समाजमा अझै पनि कुष्ठरोगलाई कलङ्कका रूपमा हेर्ने र बिरामीलाई सामाजिक अवहेलना गर्ने डरका कारण धेरै मानिसहरू रोग लुकाएर बस्न बाध्य छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण