बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले जन्माइन् छोरी, गाउँलेलाई मिठाइ बाँडे बेहुलाले
सारांश
- उत्तर प्रदेशको रामपुर जिल्लामा बिहे गरेकै रात बेहुलीले बच्चा जन्माएकी छिन्।
- बेहुला र बेहुलीबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको थियो, र उनीहरुले गाउँलेलाई मिठाई बाँडे।
- युवतीले प्रहरी चौकीमा बिहेको लागि निवेदन दिएपछि दुवै पक्षको सहमतिमा विवाह भएको थियो।
नयाँ दिल्ली । बिहे गरेर घरमा भित्र्याएकै रात बेहुलीले सन्तानलाई जन्म दिएको घटना आफैँमा नौलो हो । अझ बिहे लगत्तै पत्नीले सन्तानलाई जन्मदिएको खुसीमा गाउँलेलाई मिठाइ बाँड्नु पनि दुर्लभ घटना हो ।
भारतको उत्तर प्रदेश राज्यको रामपुर जिल्लामा यस्तै एउटा घटना प्रकाशमा आएको छ । अजीमनगर थाना क्षेत्रको कुम्हरिया गाउँमा बिहे भएको केही घण्टामै बेहुलीले सन्तान जन्माएकी छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार कुम्हरिया गाउँ निवासी युवक रिजवानको बिहे बहादुरगंज गाउँ निवासी युवतीसँग हुने तय भइसकेको थियो । दुवैबिच लामो प्रेम सम्बन्ध थियो । बिहेको तयारीका सम्बन्धमा दुवै परिवारबिच छलफल भइरहेको थियो ।
केही दिनअघि अजीमनगर थाना क्षेत्रको मुरसैना प्रहरी चौकीमा पुगेर युवतीले बिहे गराइदिन माग गर्दै निवेदन दिएकी थिइन् । गाउँका प्रधानसहितको उपस्थितिमा दुवै पक्षबिच आपसी सहमतिमा बिहे तय गरिएको थियो ।
सोही अनुसार शनिबार केही आफन्त लिएर बेहुला आफ्नी प्रेमिकासँग बिहे गर्न बहादुरगंज गाउँ पुगे । उनीहरूको परम्परागत तरिकाबाट विवाह भयो । राति बेहुली भित्र्याउने प्रक्रिया पूरा भयो । सोही रात बेहुलीलाई व्यथा लाग्यो । राति नै बेहुलीले स्वस्थ शिशुलाई जन्म दिएको बताइएको छ ।
छोरी जन्मिएको खुसीमा बेहुलाले आइतबार गाउँलेलाई मिठाइ बाँडेका थिए । अजीमनगर थाना प्रमुख कारण सिंहका अनुसार दुवैबिच पहिलादेखि नै प्रेम सम्बन्ध रहँदै आएको र सोही क्रममा युवती गर्भवती रहेको प्रकाशमा आएको छ । दुवै जना आपसमा मिलेर घरजम गर्न तयार रहेका कारण कुनै प्रकारको उजुरी नपरेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी चालक अनुमतिपत्र प्राप्त गर्न इजाजत प्राप्त चिकित्सकलाई मान्यता दिने व्यवस्था मिलाउन आग्रह
-
विश्वकप फाइनलमा हारपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनी भावुक, पत्रकार सम्मेलनमा माफी माग्दै बाहिरिए
-
इंग्ल्याण्डले जित्यो शृङ्खला, रोहित शर्माको शतक व्यर्थ
-
पेप्सीकोलामा कृत्रिम घाँसे फुटबल मैदान निर्माण धमाधम, दुई महिनाभित्र काम सकिने
-
यी ५ कारणले चुक्यो अर्जेन्टिना
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण