एकल साँझमा सुनिए शान्तिराम
सारांश
- गायक शान्तिराम राईको एकल साँझ काठमाडौंको भृकुटीमण्डपमा आयोजना भयो।
- उनलाई संगीत महाराजाको उपाधि र सम्मान प्रदान गरियो, जसमा उनले पुराना र नयाँ गीत गाए।
- कार्यक्रममा स्मिता प्रधानलगायत अन्य कलाकारले पनि प्रस्तुति दिए, खोटाङ कलाकार समाजले कार्यक्रम आयोजना गरेको थियो।
काठमाडौँ । गायक, सङ्गीतकार तथा प्राज्ञ शान्तिराम राईको एकल साँझ आयोजना गरिएको छ । आइतबार राति राजधानीको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सगरमाथा हलमा आयोजित एकल साँझमा उनले आफ्ना नयाँ तथा पुराना हिट गीत गाएर दर्शकलाई मन्त्रमुग्ध पारे ।
कार्यक्रममा सङ्गीतकार महेश खड्काले रुद्राक्षको माला जडित श्रीपेचको ताज र पुष्पगुच्छा सहित राईलाई संगीत सिर्जनाका सङ्गीत महाराजाको उपाधि दिएर सम्मान गरेका थिए । कार्यक्रममा राईले ‘तिमी तारे भिर म त लहरा’ गीतबाट प्रस्तुति सुरु गरेका थिए ।
विभिन्न आठ वटा गीत गाएका राईलाई चर्चित गायिका स्मिता प्रधानले पनि गायनमा साथ दिएकी थिइन् । कार्यक्रम अवधिभर उनले आफ्नो कालखण्डका २१ गीत सुनाए ।
गायक गायिकाहरू शम्भु राई, उदय सोताङ, मनिला सोताङ, सत्यकला राई, रोशन राई, कन्काइष्ट राई, रूपकुमार राई, बेनुका राई, अशोक मुकारुङ हुँदै पछिल्लो पुस्ताकी लोकप्रिय गायिका जुनु प्रसाइँ र मनमा बी राईले शान्तिराम राईका सदाबहार सङ्गीतहरू गाएर कार्यक्रमलाई झन् भव्य बनाएका थिए ।
बिनुशा राई, एलिना राई र एलिना उदासले सबै गीतहरूमा कोरस गाएका थिए । कार्यक्रम खोटाङ कलाकार समाज काठमाडौँले आयोजना गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण