नगद कारोबारको सीमा बढाउन निजी क्षेत्रको माग
सारांश
- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष ढकालले ५ लाख रुपैयाँको नगद कारोबारको सीमा बढाउन आग्रह गरे।
- अध्यक्ष ढकालले व्यवसायीलाई सहज वातावरण बनाउन र स्वदेशी उत्पादन बढाउन सुझाव दिए।
- चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने व्यवस्थाले जटिलता ल्याएको बताए।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हाल कायम रहेको ५ लाख रुपैयाँसम्मको नगद कारोबारको सीमालाई तत्काल बढाउन सरकारसँग आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले बैंकिङ पहुँच देशका सबै कुनाकापचासम्म पुग्न नसकेको यथार्थलाई ध्यानमा राख्दै यो व्यवस्था पुनरावलोकन हुनुपर्नेमा जोड दिएका हुन्।
सीमित नगद कारोबारको प्रावधानले गर्दा व्यवसायीहरूले दैनिक कार्यमा ठूलो समस्या भोग्नुपरेको उनको भनाइ छ। अध्यक्ष ढकालले अहिलेको समय आर्थिक नीतिहरूलाई परिमार्जन गर्ने सही मौका भएको उल्लेख गर्दै भन्सार राजस्वलाई मात्रै प्राथमिकतामा राख्नुभन्दा स्वदेशी उत्पादन र उद्यमशीलता प्रवर्द्धन गर्ने नीति अवलम्बन गर्न सुझाव दिए। उनले सरकारको ध्यान व्यवसायीलाई सहज वातावरण बनाउनेतर्फ केन्द्रित हुनुपर्ने धारणा राखे।
त्यसैगरी नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले पनि ५ लाखभन्दा बढीको कारोबार अनिवार्य बैंकिङ प्रणालीबाटै गर्नुपर्ने कानुनी व्यवस्थाले व्यावसायिक क्षेत्रमा जटिलता सिर्जना गरेको बताए।
उनले भन्सार क्षेत्रलाई प्रविधिमैत्री बनाउँदै एकद्वार प्रणालीलाई पूर्ण रूपमा कार्यान्वयनमा ल्याउन माग गरे। विद्यमान भन्सार ऐनमा भएका दण्ड–जरिवानाका व्यवस्थाहरू अव्यावहारिक रहेको भन्दै उनले त्यसमा पुनर्विचार गर्नुपर्नेमा जोड दिए। नेपालमा भन्सारका दरहरू समायोजन गरेर मात्रै बजारलाई प्रतिस्पर्धी बनाउन सकिने अग्रवालको विश्लेषण छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण