गण्डकीका ८ स्थानीय तहलाई नवप्रवर्तन कार्यक्रम, ६ करोड लगानी गर्दै प्रदेश सरकार
सारांश
- गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि ८ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ।
- स्वीकृत परियोजनाहरूमा कृषि, पर्यटन, शिक्षा, फोहोर व्यवस्थापन र उद्यमशीलता जस्ता क्षेत्रहरू समावेश छन्।
- प्रदेश सरकारले यी परियोजनाका लागि ६ करोड २१ लाख रुपैयाँ अनुदान दिने भएको छ।
पोखरा । गण्डकी प्रदेश सरकारले नवप्रवर्तन साझेदारी कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षका लागि ८ वटा स्थानीय तहका परियोजना स्वीकृत गरेको छ ।
प्रदेश तथा स्थानीय शासन सवलीकरण परियोजना अन्तर्गत सञ्चालित कार्यक्रमका लागि प्रदेश सरकारले ६ करोड २१ लाख रुपैयाँ अनुदान दिन लागेको हो ।
कार्यक्रमका लागि प्रदेशभरका विभिन्न स्थानीय तहबाट ४२ वटा परियोजनाको अवधारणा पत्र प्राप्त भएको थियो । जसमध्ये २९ वटा स्थानीय तहले पूर्ण प्रस्ताव पेस गरेका थिए ।
पेस भएका प्रस्तावहरूमध्ये मूल्याङ्कन गरी उत्कृष्ट ८ वटा परियोजनालाई स्वीकृत गरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।
स्वीकृत भएका परियोजनाहरूमा कृषि, पर्यटन, शिक्षा, फोहोर व्यवस्थापन र उद्यमशीलता रोज्ने बढी छन् । नवलपुरको देवचुली नगरपालिकाले कृषि पर्यटन प्रवर्द्धनका लागि कृषक पाठशाला परियोजना प्रस्ताव गरेको छ ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले मुस्लिम समुदाय लक्षित चुरा पोते निर्माण, उद्यम विकास तथा व्यवसाय प्रवर्धन परियोजना छानेको छ ।
गोरखा सहिद लखन गाउँपालिकाले मनकामना मन्दिर क्षेत्रको फोहोरमैला व्यवस्थापन परियोजना र गोरखा नगरपालिकाले मटका होमस्टे छनोट गरेको छ ।
तनहुँको म्याग्दे गाउँपालिकाले डिजिटल अर्ली चाइल्डहुड एजुकेशन डेभलपमेन्ट प्रोजेक्टलाई अगाडि बढाएको छ । ऋषिङ्ग गाउँपालिकाले मौरी परियोजना छनोट गरेको छ ।
मुस्ताङको घरपझोङ गाउँपालिकाले पनि फोहोर सङ्कलन तथा व्यवस्थापन केन्द्र स्थापनाका लागि अनुदान सम्झौता गरेको छ भने लमजुङको बेसीशहर नगरपालिकाले मौरीजन्य उत्पादनमा नवप्रवर्तन तथा उद्यमशीलता प्रवर्द्धन परियोजनाको प्रस्ताव तयार गरेको छ ।
छनोट भएका परियोजनाका लागि प्रदेश सरकारको तर्फबाट ६ करोड २१ लाख रुपैयाँ अनुदान प्रदान गरिने र बाँकी रकम सम्बन्धित स्थानीय तहले नै व्यहोर्नुपर्ने सम्झौता छ ।
प्रस्ताव गरिएका परियोजनाहरू निर्धारित समयभित्रै प्रभावकारी रूपमा कार्यान्वयन गर्न मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले निर्देशन दिए ।
प्रदेश र स्थानीय तहलाई सक्षम, उत्तरदायी र जनउत्तरदायी बनाउँदै सङ्घीयताको सफल कार्यान्वयनमा टेवा पुग्ने गरी नवप्रवर्तन कार्यक्रम लागू गरिएको पाण्डेको भनाइ छ । सबै पालिकाले अनुदानका लागि सम्झौता गरिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण