राजनीतिमा सक्रिय भए प्रकाश सपुत
काठमाडौँ । गायक प्रकाश सपुत राजनीतिमा सक्रिय हुने भएका छन् । उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै यस्तो बताएका हुन् ।
उनले थुप्रै दर्शक,स्रोताको मन दुखाएर रवि–बालेनसँग हातेमालो गर्ने बताए ।
व्यक्तिगत राजनीतिक आस्था र विचारको कदर गर्दै कसैलाई अपमान र अनादर नगर्ने प्रतिबद्धता जनाउँदै उनले भने,'नयाँ समय र नयाँ आन्दोलनको सम्बोधन गर्न नयाँ राजनीतिक शक्ति स्थापित गराउन खुलेर सरिक हुने/सहयोग गर्ने निधो गरेको छु ।'
पेसा र व्यावसायिक हिसाबले आफ्नो जीवनकै कठोर निर्णय भएको उनले बताए । 'मेरो यो कठोर निर्णय गलत साबित हुने छैन भन्नेमा मलाई विश्वास छ । कुनै एउटा दलमा लागेको भनेर अहिले म सँग मन दुखाउने मेरा प्रिय दर्शक स्रोताको मन हामीले हाम्रो काम र इमानले जित्ने छौँ । हामी सँगै देशले जित्नेछ,'उनले भने ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को समानुपातिक बन्दसूचीमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण