हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
मङ्गलबार, १३ माघ २०८२, १२ : ५०
सारांश
- शनिबारको हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड जुम्लाको भुलभुलेमा सञ्चालनमा आएको छ।
- भुलभुलेमा हिउँ जमेपछि सडक बन्द भएको थियो, डोजर प्रयोग गरी हिउँ पन्छाएपछि सडक खुलेको हो।
- सडक बन्द हुँदा मुगुको गमगढी बजारमा दैनिक उपभोग्य वस्तु र निर्माण सामग्री रोकिएका थिए, जुन अब गन्तव्यतर्फ लागेका छन्।
जुम्ला । शनिबारको भारी हिमपातले बन्द भएको कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडकखण्डको जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित भुलभुले सडक सञ्चालनमा आएको छ ।
भुलभुलेमा बाल्लो हिउँ परेपछि सडक बन्द भएको थियो । कार्यालयबाट डोजर पठाएर उक्त स्थानको हिउँ पन्छाएपछि आजदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए ।
हिमपातले सडक दुई दिनसम्म बन्द भएपछि मुगुको सदरमुकाम गमगढी बजारमा दैनिक उपभोग्य सामग्री, विकास–निर्माणका सामानहरु बिच बाटामै रोकिएका थियो । हिउँ पन्छाएपछि रोकिएका सवारीसाधन गन्तव्यतिर लागेको कनकासुन्दरी गाउँपालिका–१ का वडाध्यक्ष भीमबहादुर भण्डारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण