कैलालीमा बालेन : उम्मेदवारहरूको सम्पर्क कार्यालयमा पुगे
सारांश
- रास्वपा नेता बालेन्द्र शाह (बालेन) यतिबेला सुदूरपश्चिमको कैलालीमा चुनावी अभियानमा व्यस्त छन्।
- उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गरे।
- बालेनले उम्मेदवारहरूलाई जनताको समस्या सुन्न र परिवर्तनको एजेन्डाबारे बुझाउन आग्रह गरे।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा यतिबेला सुदूरपश्चिमको कैलालीमा व्यस्त छन्। उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्।
_Rzp4sRmfVO.jpg)
बालेनले कैलाली निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार कोलम ज्ञवाली, क्षेत्र नं. २ का केपी खनाल, क्षेत्र नं. ३ का जगत प्रसाद जोशी, क्षेत्र नं. ४ का खेमराज कोइराला र क्षेत्र नं. ५ का आनन्द चन्दको सम्पर्क कार्यालयमा पुगी चुनावी तयारीबारे जानकारी लिएका हुन्।
_t7sK3XTkDk.jpg)
बालेन पुगेका प्रत्येक कार्यालयमा समर्थकहरूको उल्लेख्य उपस्थिति देखिएको छ। उनले उम्मेदवारहरूलाई जनताको घरदैलोमा पुगेर उनीहरूका समस्या सुन्न र परिवर्तनको एजेन्डाबारे बुझाउन आग्रह गरेका छन्।
_ygTlbK4Iiy.jpg)
काठमाडौंको मेयर पद त्यागेर देशव्यापी अभियानमा होमिएका बालेनको उपस्थितिले कैलालीमा रास्वपाका उम्मेदवार र कार्यकर्ताहरूमा नयाँ ऊर्जा थपेको छ।
_qHPM4IaJgz.jpg)
_PuiaIPX7Lb.jpg)
_lzGlIouTS2.jpg)
_OwzEyC2WfY.jpg)
_VL9FJvIQlF.jpg)
_yiH6Etfy0F.jpg)
_r2h5QPJSwj.jpg)
_3ggGFOfnfD.jpg)
_prqYTmE1J7.jpg)
_jMpk8ej2K0.jpg)
_kj2BhOLBVY.jpg)
_j1rgEZxIiP.jpg)
_6uJIbD2zg3.jpg)
_uBYXHl9sld.jpg)
_08hroM1oVe.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण