माइक्रोसफ्टको नयाँ अपडेटले विन्डोजमा देखियो ‘ब्ल्याक स्क्रिन अफ डेथ’ को समस्या
सारांश
- माइक्रोसफ्टको जनवरी महिनाको सुरक्षा अपडेटले विन्डोज ११ प्रयोगकर्ताहरूमा 'ब्ल्याक स्क्रिन अफ डेथ' समस्या निम्त्याएको छ।
- अपडेट इन्स्टल गरेपछि कम्प्युटर खुल्न छोड्ने र 'UNMOUNTABLE_BOOT_VOLUME' इरर देखाउने समस्या देखिएको छ।
- माइक्रोसफ्टले समस्या समाधानका लागि विन्डोज रिकभरी वा पुन: स्थापना गर्न सुझाव दिएको छ।
काठमाडौँ । विन्डोज प्रयोगकर्ताहरूका लागि माइक्रोसफ्टले जारी गरेको जनवरी महिनाको अनिवार्य सुरक्षा अपडेट टाउको दुखाइको विषय बनेको छ। विन्डोज ११ का पछिल्ला भर्सनहरूमा यो अपडेट इन्स्टल गरेपछि कम्प्युटर अचानक चल्न छोड्ने र स्क्रिन पुरै कालो हुने ‘ब्ल्याक स्क्रिन अफ डेथ’ (बीएसओडी) को समस्या देखिएको हो।
सफ्टवेयरमा आएको यो खराबीका कारण विश्वभरका धेरै पीसी प्रयोगकर्ताहरू प्रभावित भएका छन्। माइक्रोसफ्टका अनुसार यो समस्या विशेषगरी विन्डोज ११ को २४एच२ र २५एच२ भर्सन प्रयोग गर्नेहरूमा देखिएको छ। अपडेटपछि कम्प्युटर खुल्ने बेलामा 'UNMOUNTABLE_BOOT_VOLUME' भन्ने इरर कोड देखाउँदै सिस्टम क्र्यास हुने गरेको छ।
यो अनिवार्य अपडेट भएकाले धेरैजसो कम्प्युटरमा यो आफैँ इन्स्टल भइरहेको छ, जसले गर्दा सयौँ सुरक्षा कमजोरीहरू सुधार्ने दाबी गरिए पनि अहिले प्रयोगकर्ताको काम नै ठप्प पारिदिएको छ।

यो इरर कोड सामान्यतया सिस्टम फाइल बिग्रिँदा वा हार्डवेयरमा समस्या आउँदा देखिने गर्छ। प्रभावित डिभाइसहरूमा ‘तपाईँको डिभाइसले काम गर्न छोड्यो र रिस्टार्ट गर्नुपर्ने भयो’ भन्ने सन्देश देखिन्छ, तर रिस्टार्ट गर्दा पनि कम्प्युटर खुल्दैन।
माइक्रोसफ्टले केही सीमित प्रयोगकर्ताहरूमा मात्र यो समस्या देखिएको बताए पनि कति मानिस प्रभावित भए भन्ने यकिन तथ्याङ्क अझै सार्वजनिक गरेको छैन।
विज्ञहरूका अनुसार यो समस्या समाधानका लागि विन्डोज रिकभरीको प्रयास गर्न सकिन्छ। यदि रिकभरीले काम नगरेमा विन्डोजलाई पुनः नयाँ तरिकाले इन्स्टल गर्नुपर्ने हुन्छ।
पछिल्ला केही सातादेखि माइक्रोसफ्टका लागि समय अनुकूल देखिएको छैन। यसअघि आउटलुक इमेल नचल्ने र रिमोट लगइनमा समस्या देखिएपछि कम्पनीले आकस्मिक अपडेट जारी गर्नुपरेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुन र चाँदीको मूल्य सामान्य घट्यो
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण