अमेरिकामा आँधीमा परेर कम्तीमा ३० जनाको मृत्यु
काठमाडौँ । अमेरिकाको ठूलो भूभागमा फैलिएको भीषण शीतकालीन आँधीमा परेर कम्तीमा ३० जनाको ज्यान लिएको छ भने हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।
डीप साउथदेखि उत्तर–पूर्वसम्म कीर्तिमानी स्तरमा हिमपात भएको छ, खतरनाक बरफ जम्ने अवस्था भने ज्यानै जोखिममा पार्ने चिसोले जनजीवन ठप्प बनेको छ ।
आर्कान्सासदेखि न्यु इङ्ल्यान्डसम्म एक फिटभन्दा बढी हिउँ परेको छ भने दक्षिणी राज्यहरूमा आएको हिम आँधीले समुद्री आँधीको जस्तै क्षति पुर्याएको छ ।
सोमबार साँझसम्म करिब ५ लाख ६० हजार घर अन्धकारमा थिए । हवाई सेवा अस्तव्यस्त बनेको छ । विद्यालय बन्द छन् भने मुख्य सडकहरू जोखिमपूर्ण बनेका छन् । केही स्थानमा तापक्रम माइनस २५ डिग्री फारेनहाइटसम्म झरेको छ ।
म्यासाचुसेट्स र ओहायोमा स्नोप्लोले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । आर्कान्सास र टेक्सासमा स्लेडिङमा भएको दुर्घटनामा किशोरहरूको मृत्यु भएको बताइएको छ ।
न्युयोर्क सिटीमा सप्ताहन्तमा मात्रै आठ जनाको शव घरबाहिर फेला परेको छ । नगरप्रमुख जोहरान मामदानीले जोखिममा रहेका मानिसलाई आश्रयस्थलमा पुर्याउने प्रयास तीव्र बनाइएको बताएका छन् । चिसो अझै खतरनाक रहने चेतावनी अधिकारीहरूले दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण