अफगानिस्तानमा शिक्षाको अवस्था दयनीय : युनिसेफ
काठमाडौँ । अफगानिस्तानमा शिक्षाको अवस्था दयनिय र महत्त्वपूर्ण मोड़मा पुगेको उल्लेख गर्दै संयुक्त राष्ट्रङ्घीय बाल कोष (युनिसेफ)ले १० वर्ष मुनिका ९० प्रतिशत भन्दा बढी बालबालिकाहरुले साधारण लेख पढ गर्न नपाएको जनाएको छ ।
युनिसेफद्वारा जारी प्रतिवेदनले अफगानिस्तानको परिस्थितिलाई “सिकाइबिनाको विद्यालय शिक्षा“ को सङ्कटको रुपमा उजागर गरेको छ । यसै गरी प्रारम्भिक बाल्यकाल शिक्षामा निरन्तर लगानी, साथै आधारभूत साक्षरता र संख्यात्मकता, प्रत्येक बालबालिकाका लागि सिकाइ परिणामहरू सुरक्षित गर्न आवश्यक छ भन्ने कुरामा जोड दिएको छ ।
सिकाइमा चिन्ताजनक अन्तर भए तापनि लाखौँ विद्यार्थीहरू औपचारिक रूपमा देशको शिक्षा प्रणालीमा भर्ना भएको जनाइएको छ । राष्ट्रिय विद्यालय प्रणालीमा कुल एक करोड २० लाख भर्ना भएका मा उनीहरूले आधुनिक विज्ञान सम्बन्धि विषयहरू अध्ययन गर्ने जनाइएको छ । यसैबीच, २८ लाख भन्दा बढी विद्यार्थीहरूले धार्मिक शिक्षा लिइरहेको सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताए ।
यसैबीच, लाखौं अफगान बालबालिका गरिबी, आन्तरिक विस्थापन, र द्वन्द्व प्रभावित क्षेत्रहरूमा शैक्षिक सुविधाहरूमा सीमित पहुँचका कारण विद्यालय शिक्षाबाट बाहिर छन्, जसले देशको मानव पूँजीमा दीर्घकालीन प्रभावको बारेमा चिन्ता बढाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण