शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : रास्वपा र बालेनमाथि प्रचण्डको प्रहार, प्रहरीको फन्दामा परे युवराज

मङ्गलबार, १३ माघ २०८२, २२ : ००
मङ्गलबार, १३ माघ २०८२

आज २०८२ माघ १३ गते मंगलबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ–

  • नेपालमा अभाव

चुनावको मुखमा बजारमा चामल र खाने तेलको मूल्य बढेको छ । खाने तेलमा प्रतिकार्टुन ५०० रुपैयाँसम्म बढेको गुनासो आएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । यस्तै चामलमा भने प्रतिबोरा १०० रुपैयाँसम्म बढेको गुनासो आएको उनले बताए ।

  • टी–२० विश्वकप

अस्ट्रेलिया क्रिकेट इतिहासको सबैभन्दा सफल टोली हो । पुरुष सिनियर टोलीले अहिलेसम्म कुल १० वटा आईसीसी उपाधि जितेको छ, जुन कुनै पनि राष्ट्रका लागि सर्वाधिक हो । राम्रो कप्तान र खेलाडीहरूको खानी मानिने ‘मेन इन यलो’ जुनसुकै फम्र्याट र प्रतियोगितामा पनि उपाधिको प्रमुख दाबेदार हुने गर्छ ।

  • फेक रेस्क्यु प्रकरण

आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले ‘फेक रेस्क्यु’ (नक्कली उद्धार) गरेर ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गर्‍यो । करिब ७ वर्ष अघि नै सरकारी निकायबाट अनुसन्धानका लागि जिम्मेवारी प्राप्त भए पनि मौन बसिरहेको विशेष अनुसन्धान गर्ने यो प्रहरीको युनिटले यतिबेला आएर सक्रियता देखाएको हो ।

  • अर्धवार्षिक समीक्षा

अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक समीक्षा माघ २५ गतेभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । मन्त्रालयले पुस दोस्रो सातादेखि बजेट अर्धवार्षिक समीक्षा सुरु गरिरहेको छ । बजेट तथा कार्यक्रम महाशाखा प्रमुख सुमन दाहाललाई संयोजक तोकेर मन्त्रालयले काम गरिरहेको हो । 

  • घोषणापत्र

मौखिक आश्वासन र विकासे नारा बोकेर राजनीतिक पार्टी र उम्मेदवारहरू जनतामाझ पुगे पनि अहिलेसम्म जसपा नेपालबाहेक कुनै पनि राजनीतिक दल र उम्मेदवारले चुनावी घोषणापत्र भने सार्वजनिक गरिसकेका छैनन् ।

  • अपराध

ओखलढुंगाको चिसंखुगढीमा मङ्गलबार बिहान दम्पती मृत अवस्थामा फेला परेका छन् । चिसंखुगढी गाउपालिका–६ भदौरेस्थित बोहोरेमा चन्द्रविक्रम राई र चन्द्रमाया राई मृत अवस्थामा भेटिएपछि डीएसपी मदन केसी नेतृत्वको प्रहरी टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ । दुईजना शंकास्पदलाई प्रहरीले सोधपुछको लागि नियन्त्रणमा लिएको छ ।

युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । 

अपराधका अन्य घटना

  • न्यायालय

विशेष अदालतले बहुचर्चित टेरामक्स  प्रविधि खरिदमा भएको भ्रष्टाचार मुद्दामा प्राविधिक परीक्षणका लागि उच्चस्तरीय विज्ञ समूह गठन गर्न आदेश दिएको छ । 

 सरकार र जेनजी प्रतिनिधिबिच भएको १० बुँदे सम्झौता विरुद्ध दायर रिट पूर्ण सुनुवाइका लागि पेस हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मी र न्यायाधीश सुनिलकुमार पोखरेलको संयुक्त इजलासले रिटलाई पूर्ण सुनुवाइका लागि पेस गर्न आदेश दिएको हो ।

मधेस प्रदेश सामाजिक विकास मन्त्रालयअन्तर्गत प्रदेश जनस्वास्थ्य प्रयोगशालाका लागि स्वास्थ्य उपकरण खरिदसम्बन्धी भ्रष्टाचार मुद्दा सरकार पक्षबाटै स्थगित गराइएको छ ।

  • प्रचण्डको प्रहार

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

  • बालेनको दौडधूप

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी अभियानका क्रममा यतिबेला सुदूरपश्चिमको कैलालीमा व्यस्त छन्। उनले कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर पार्टीका उम्मेदवारहरूको सम्पर्क कार्यालयको अवलोकन गर्नुका साथै स्थानीय समर्थकहरूसँग साक्षात्कार गरेका छन्।

  • निर्वाचन चर्चा

देशभरका निर्वाचन क्षेत्रको विश्लेषण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप