वेस्ट इन्डिजको टोली घोषणा : अल्जारी र लुइस बाहिर, स्याम्प्सनलाई पहिलो पटक मौका
सारांश
- वेस्ट इन्डिजले टी-२० विश्वकपको लागि शाई होपको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।
- टोलीमा क्विन्टन स्याम्प्सन र शमार जोसेफले पहिलो पटक आईसीसी प्रतियोगितामा स्थान बनाएका छन्।
- वेस्ट इन्डिज समूह 'सी' मा इङ्गल्याण्ड, स्कटल्याण्ड, नेपाल र इटालीसँगै रहेको छ र स्कटल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
काठमाडौँ । टी–२० विश्वकपका लागि वेस्ट इन्डिजले आफ्नो १५ सदस्यीय टोलीको घोषणा गरेको छ। भारत र श्रीलंकामा ७ फेब्रुअरीदेखि सुरु हुने प्रतियोगिताका लागि विकेटकिपर ब्याटर शाई होपको कप्तानीमा टोली सार्वजनिक गरिएको हो।
यसपटक ब्याटर क्विन्टन स्याम्प्सन र तीव्र गतिका बलर शमार जोसेफले पहिलो पटक आईसीसी प्रतियोगिताको टोलीमा स्थान बनाएका छन्। टोलीमा परेका २५ वर्षीय युवा ब्याटर क्विन्टन स्याम्प्सनले अफगानिस्तानविरुद्धको पछिल्लो शृङ्खलामा मात्र टी–२० डेब्यु गरेका थिए।
अन्तर्राष्ट्रिय खेलमा खासै रन बनाउन नसके पनि क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा उत्कृष्ट प्रदर्शन गरेका आधारमा उनले विश्वकप टोलीमा स्थान पाएका हुन्। उनले सीपीएलमा १५१.५७ को स्ट्राइक रेटमा २४१ रन बनाएका थिए।
त्यस्तै, २६ वर्षीय तीव्र गतिका बलर शमार जोसेफले पनि टोलीमा स्थान पक्का गरेका छन्। २०२५ मा चोटका कारण टोलीबाट भित्र–बाहिर भएका उनले बङ्गलादेश र भारतविरुद्धको शृङ्खला गुमाएका थिए।
अफगानिस्तानविरुद्धको पछिल्लो शृङ्खलामा टोली बाहिर रहेका रोस्टन चेज, अकिल हुसेन, शेरफन रदरफोर्ड, जेसन होल्डर र रोभमन पावेलले पनि विश्वकप स्क्वाडमा पुनरागमन गरेका छन्। वेस्ट इन्डिजले शमार जोसेफसँगै पेस बलिङ अट्याकलाई बलियो बनाउन होल्डर, म्याथ्यु फोर्ड र जेडेन सिल्सलाई समावेश गरेको छ भने स्पिन विभागमा अकिल हुसेन र रोस्टन चेजका साथ गुडाकेश मोटी रहेका छन्।
वेस्ट इन्डिजले २०२४ को विश्वकप खेलेका ११ खेलाडीलाई टोलीमा निरन्तरता दिएको छ। तर, बायाँ हाते ओपनर इभिन लुइस र प्रमुख तीव्र गतिका बलर अल्जारी जोसेफ भने चोटका कारण टोलीमा पर्न सकेनन्।
विश्वकपको समूह ‘सी’ मा वेस्ट इन्डिजसँगै इङ्गल्याण्ड, स्कटल्याण्ड, नेपाल र इटाली रहेका छन्। टोलीले ७ फेब्रुअरीमा कोलकातामा स्कटल्याण्डविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। सन् २०१६ मा यही मैदानमा इङ्गल्याण्डलाई हराएर वेस्ट इन्डिजले टी–२० विश्वकप जितेको इतिहास छ।
घोषित वेस्ट इन्डिजको टोलीमा शाई होप (कप्तान), शिमरन हेटमायर, जोनसन चार्ल्स, ब्रान्डन किंग, रोस्टन चेज, जेसन होल्डर, रोभमन पावेल, शेरफन रदरफोर्ड, रोमारियो सेफर्ड, क्विन्टन स्याम्प्सन, अकिल हुसेन, गुडाकेश मोटी, शमार जोसेफ, जेडेन सिल्स र म्याथ्यु फोर्ड रहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026