ललितपुरमा ६ वटा जीवित कछुवासहित एक जना पक्राउ
सारांश
- ललितपुरमा संरक्षित कछुवाको अवैध खरिद बिक्रीमा संलग्न एक युवक पक्राउ परेका छन्।
- प्रहरीले धोबीघाट क्षेत्रमा खानतलासी गर्दा ६ वटा जीवित कछुवा बरामद गरेको छ।
- पक्राउ परेका युवक र कछुवालाई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय गोदावरीमा बुझाइएको छ।
ललितपुर । संरक्षित वन्यजन्तु जीवित कछुवाको अवैध खरिद बिक्रीमा संलग्न रहेको आरोपमा ललितपुरमा एक युवक पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले चितवन भरतपुर महानगरपालिका-१६ घर भई हाल ललितपुरको धोबीघाट बस्ने १९ वर्षीय रोहिम तिवारीलाई आइतबार नियन्त्रणमा लिएको हो।
विशेष सूचनाको आधारमा खटिएको ब्यूरोको टोलीले धोबीघाट क्षेत्रमा खानतलासी गर्दा तिवारीको साथबाट ६ वटा जीवित कछुवा बरामद गरेको छ। अवैध रूपमा कछुवा ओसारपसार गरी खरिद बिक्री गर्नका लागि बोकी हिँडिरहेको अवस्थामा उनलाई प्रहरीले फेला पारेको थियो।
पक्राउ परेका तिवारी र बरामद गरिएका कछुवाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी, ललितपुरमा बुझाइएको छ। नेपालको कानुनले कछुवालाई संरक्षित वन्यजन्तुको सूचीमा राखेको छ र यसको ओसारपसार वा खरिद बिक्री गर्नु गैरकानुनी मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण