अफगानिस्तानले फलफूल निर्यातबाट १४ करोड २० लाख अमेरिकी डलर कमायो
काबुल । अफगानिस्तानको उद्योग तथा वाणिज्य मन्त्रालयले गत वर्ष देशले ३ लाख १७ हजार ५१७ टन ताजा फलफूल निर्यात गरेको छ । यसबाट करिव १४ करोड २० लाख अमेरिकी डलर आम्दानी भएको जनाएको छ ।
स्थानीय टोलो न्यूजका अनुसार निर्यात गरिएका फलफूलहरूमा स्याउ, अनार, खुर्पानी, अंगुर, खरबुजा, तरबुजा र अन्जिर समावेश थिए । यी उत्पादनहरू संयुक्त अरब इमिरेट्स, टर्की, पाकिस्तान, युरोप र मध्य एशियाका बजारहरूमा पुगेका छन् ।
कृषि तथा पशुपंक्षी चेम्बरले व्यापारिक मार्ग बन्द हुनु र उच्च ढुवानी लागतले निर्यातमा चुनौती खडा गरेको उल्लेख गर्दै चाबहार र बन्दर अब्बास जस्ता वैकल्पिक बन्दरगाहहरूको प्रयोग गर्न प्रोत्साहन गरिएको रिपोर्टमा उल्लेख छ ।
विज्ञहरूले अफगान कृषि उत्पादनहरूको संरक्षण गर्न र सहज व्यापार सुनिश्चित गर्न शीत भण्डारण सुविधाहरूको विकास र वैकल्पिक व्यापार मार्गहरू सुरक्षित गर्नु महत्वपूर्ण रहेको कुरामा जोड दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण