अभिनेत्री बेनिशा भन्छिन्, ‘द ब्लू लाइट’को कन्सेप्ट मन परेर निर्माता बने’
सारांश
- अभिनेत्री बेनिशा हमालले 'द ब्लू लाइट' फिल्मबाट निर्माताको रूपमा डेब्यु गर्दैछिन्।
- बेनिशाले फिल्मको कन्सेप्ट मनपरेपछि आफू निर्माता बनेको बताइन् र उनी कार्यकारी निर्माता हुन्।
- फिल्ममा बेनिशासँगै सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको अभिनय छ।
काठमाडौँ । अभिनेत्री बेनिशा हमाल निर्माता बनेकी छन् । उनी आगामी शुक्रबारबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘द ब्लू लाइट’बाट निर्माता बनेकी हुन् । फिल्मको मुख्य अभिनेत्री समेत रहेकी बेनिशा फिल्मको कन्सेप्ट मनपरेकोले निर्माताको रूपमा पनि जोडिएको बताउँछिन् ।
‘सुरुमा फिल्ममा अभिनय गर्ने भनेर जोडिएको थिए’, बेनिशाले भनिन् ‘जोडिएपछि फिल्मको कन्सेप्ट मनपर्यो । अनि निर्माता पनि बने ।’ फिल्ममा उनी कार्यकारी निर्माताको भूमिकामा छिन् ।
बेनिशा जस्तो सुकै भूमिकामा पनि आफूलाई ढाल्न सक्ने अभिनेत्री हुन् । मोर्डन सहरिया हुन् या गाउँले सोझी–सिधा युवतीको भूमिका । उनी दुबैमा फिट देखिन्छन् । यो फिल्ममा पनि आफ्नो दुई खालको भूमिका रहेको उनी बताउँछिन् ।
बलियो स्टारकास्ट र आफूलाई दर्शकसामु प्रमाणित गरिसकेका कलाकारहरूको अभिनय फिल्ममा छ । त्यसैले फिल्म सफल हुनेमा बेनिशा ढुक्क छिन् । भन्छिन्, ‘परम्परागत धारभन्दा केही फरक स्वाद फिल्मले दिनेछ ।’
फिल्ममा बेनिशाको अलावा सृष्टि श्रेष्ठ, अर्पण थापा, महेश त्रिपाठी र आयुशमान देशराज जोशीको मुख्य भूमिका छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण