के तपाईंको मिर्गौला ठिक ? यी हुन् बिग्रिन लाग्दा देखिने सुरुवाती सङ्केत
सारांश
- मिर्गौला शरीरको महत्त्वपूर्ण अंग हो, जसले रगत सफा गर्ने र पानी सन्तुलनमा राख्ने काम गर्छ।
- मिर्गौला फेलका लक्षणहरूमा पिसाबमा परिवर्तन, शरीर सुन्निने, थकान, श्वासप्रश्वासमा समस्या, वाकवाकी, र टाउको दुखाइ पर्छन्।
- रगत र पिसाब परीक्षण, इमेजिङ र बायोप्सी जस्ता परीक्षणहरू मिर्गौलाको अवस्था पत्ता लगाउन आवश्यक छन्।
काठमाडौँ । हाम्रो मिर्गाैला शरीरको महत्त्वपूर्ण अंग हो । यसले रगत सफा गर्ने र फोहोर निकाल्ने काम मात्रै गर्दैन, शरीरमा पानीलाई सन्तुलनमा राख्छ । यसबाहेक मिर्गाैलाले रक्तचापलाई नियन्त्रण गर्ने र रातो रक्त कोशिकाहरू उत्पादन गर्न मद्दत गर्ने हर्माेनहरू उत्पादन गर्ने काम पनि गर्छ ।
आश्चर्यजनक कुरा के छ भने लगभग ९० प्रतिशत मानिसलाई आफ्नो मिर्गौला फेल भइसकेको समेत थाहै हुन्न । सुरुवाती चरणहरूमा यसका कुनै स्पष्ट लक्षणहरू नदेखिने भएकोले पनि यस्तो हुन सक्छ । प्रायःलाई समस्या गम्भीर भएपछि मात्र थाहा हुन्छ । त्यसैले समयमै परीक्षण र सावधानी अपनाउन जरुरी छ ।
- मिर्गौला फेल भएको लक्षण
पिसाबमा परिवर्तन
पिसाब कम लाग्ने वा रातको समयमा बारम्बार पिसाब लाग्ने ।
पिसाबमा फिँज देखिनु (यो भनेको रगतमा प्रोटिन हुनुको संकेत हो)
पिसाबमा रगत देखिने वा पिसाबको रंग अनौठो हुनु आदि पनि मिर्गाैला बिग्रिएको संकेत हुन सक्छन् ।
शरीर सुन्निनेः जब मिर्गाैलाले फोहोर छान्न सक्दैन, तब शरीरमा विषाक्त पदार्थहरू जम्मा हुन थाल्छन्, यसले आँखा, खुट्टा वा हात वरिपरि सुन्निन सक्छ ।
थकान र कमजोरीः मिर्गाैलाले एरिथ्रोपोएटिन नामक हर्माेन उत्पादन गर्छ । यो हर्मोन रगत उत्पादनको लागि आवश्यक छ । जब मिर्गौला फेल हुन्छ, शरीरमा अक्सिजनको कमी हुन्छ, जसले सधैँ थाकेको महसुस हुन्छ ।
श्वासप्रश्वासमा समस्याः शरीरमा फोहोर र तरल पदार्थ जम्मा हुँदा फोक्सोमा असर पर्छ, जसले गर्दा सास फेर्न समस्या हुन सक्छ ।
बान्ता र वाकवाकीः शरीरमा विषाक्त पदार्थ जम्मा हुन थालेपछि भोक नलाग्ने र लगातार वाकवाकी वा बान्ता हुन सक्छ ।
टाउको दुख्नेः मिर्गाैलाको समस्याले शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन बिगार्न सक्छ । यसले एकाग्रतामा कमी, चक्कर लाग्ने वा मानसिक तनाव जस्ता समस्या निम्त्याउन सक्छ ।
- मिर्गौलाको अवस्था थाहा पाउन जरुरी छन् यी परीक्षण
रगत परीक्षणः मिर्गाैलाले रगतबाट फोहोर कति प्रभावकारी रूपमा हटाउँदैछ भनेर निर्धारण गर्न क्रिएटिनिन र बन परीक्षणहरू गरिन्छ । ईजीएफआर परीक्षणले मिर्गौलाको फिल्टर क्षमता पनि मापन गर्छ । यो १५ भन्दा कम आए गम्भीर क्षति भइसकेको मानिन्छ ।
पिसाब परीक्षणः यी परीक्षणहरूले पिसाबमा प्रोटिन, रगत, वा अन्य असामान्यताहरूको जाँच गर्छन्, पिसाबको मात्रा र रंग पनि निगरानी गरिन्छ ।
इमेजिङ परीक्षणः मिर्गाैलाको आकार र संरचनाको मूल्यांकन गर्न अल्ट्रासाउन्ड वा सीटी स्क्यानहरू प्रयोग गरिन्छ । यसले पत्थरी, ट्युमर, वा अन्य रोगहरू पत्ता लगाउन मद्दत गर्न सक्छ ।
मिर्गाैलाको बायोप्सीः डाक्टरहरूले क्षतिको सही कारण र हद निर्धारण गर्न बायोप्सी गर्न सक्छन्, तर यस्तो दुर्लभ हुन्छ ।
मिर्गाैला फेलबाट जोगिने कदम
– उमेर ६० वर्षभन्दा माथि छ वा परिवारमा कसैलाई मिर्गाैलासम्बन्धी रोग लागेको इतिहास छ भने नियमित जाँचको तालिका बनाउनुपर्छ ।
– उच्च रक्तचाप र मधुमेह मिर्गाैलाका सबैभन्दा ठुला शत्रु हुन् । तिनीहरूलाई नियन्त्रणमा राख्नुपर्छ ।
– सन्तुलित आहार, प्रशस्त पानी पिउने, दैनिक व्यायाम र धुम्रपान नगर्ने ।
– डाक्टरसँग परामर्श नगरी कुनै पनि औषधि वा सप्लिमेन्टको सेवन नगर्ने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण