जङ्गीअड्डा अगाडि बम राखिएको हल्ला फैलाउने जुद्धबहादुर सिंह पक्राउ
बिहीबार, १५ माघ २०८२, ११ : ०१
सारांश
- सैनिक हेडक्वार्टर अगाडि बम रहेको हल्ला फैलाएपछि जुद्धबहादुर सिंह पक्राउ परेका छन्।
- सल्यानका सिंहले जङ्गीअड्डा अगाडिको पेट्रोल पम्पमा बम भएको हल्ला फैलाएका थिए।
- प्रहरीले झोला खोल्दा इँटा फेला पारेको र सिंहमाथि अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सैनिक हेडक्वार्टर जङ्गी अड्डा अगाडि ‘बम राखिएको छ’ भनेर अफवाह फैलाएको आरोपमा जुद्धबहादुर सिंहलाई प्रहरीले पक्राउ गरेको छ । सल्यान घर भएका सिंहले जङ्गीअड्डा अगाडी पेट्रोल पम्पमा झोलामा बम रहेको हल्ला फैलाएका थिए । त्यसपछि उनलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर काठमाडौँलाई बुझाएको हो ।
उनले भनेको झोला खोलेर हेर्दा त्यसमा इट्टा राखेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी रमेश थापाले रातोपाटीलाई बताए । आरोपीमाथि अफवाह फैलाउन नहुने कसुरमा अनुसन्धान भइरहेको थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण