शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

‘अवतार ३’ ले नेपालमा कमायो ६ करोड ६२ लाख

बिहीबार, १५ माघ २०८२, ११ : ३४
बिहीबार, १५ माघ २०८२

काठमाडौँ । हलिउड फिल्म ‘अवतार : फायर एन्ड एस’ (अवतार ३) ले नेपालमा ६ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस रिपोर्टमा ‘अवतार ३’ ले ६ करोड ६२ लाख ४६ हजार ३७८ नेरु ग्रस कमाएको उल्लेख छ ।

नेपालमा यो फिल्मको टिकट १ लाख ६१ हजार ३८४ वटा बिक्री भएका छन् । बक्स अफिस रिपोर्टमा गत शनिबार राति १२ बजेसम्मको व्यवसाय समेटिएको छ । जेम्स क्यामरुन निर्देशित यो फिल्म ४ पुस (१९ डिसेम्बर) बाट प्रदर्शनमा आएको थियो । फिल्मको बजेट २५ करोड अमेरिकी बताइएको थियो ।

‘अवतार’ पहिलो शृङ्खलादेखि नै काल्पनिक पाण्डोरा ग्रहमा पृथ्वीबाट जाने अमेरिकी सैनिकहरूले उक्त ग्रहलाई उपनिवेश तुल्याउन, महँगा खनिज खोज्न र आदिवासीलाई लखेट्न गर्ने सङ्घर्षको कथा पस्किँदै आएको छ । जसमा पाण्डोराका आदिवासी आफ्नो थातथलो र पहिचान जोगाउन सङ्घर्ष गर्छन् ।

अवतारको अर्को शृङ्खला ‘अवतार ४’ २०२९ डिसेम्बर २१ र पाँचौँ शृङ्खला ‘अवतार ५’ २०३१ डिसेम्बर १९ मा प्रदर्शनमा आउने बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप