बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

देशभर सवारी दुर्घटना : एकै दिन ७ जनाले गुमाए ज्यान

बिहीबार, १५ माघ २०८२, १२ : २६
बिहीबार, १५ माघ २०८२

सारांश

  • बुधबार देशका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
  • सिराहा, धनुषा, महोत्तरी, सुर्खेत, चितवन र भक्तपुरमा भएका दुर्घटनामा तीब्र गति र अनियन्त्रित सवारीका कारण दुर्घटना भएको पाइयो।
  • प्रहरीले भक्तपुरमा टिपर चालक र सुर्खेतमा अटो चालकलाई नियन्त्रणमा लिएको छ र घटनाको अनुसन्धान भइरहेको छ।

काठमाडौँ । बुधबार साँझ र राति देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ । सिराहा, धनुषा, महोत्तरी, सुर्खेत, चितवन र भक्तपुरमा भएका दुर्घटनामा उनीहरूको ज्यान गएको हो । तीब्र गति र अनियन्त्रित सवारीका कारण अधिकांश दुर्घटना भएको पाइएको छ ।

सिराहाको धनगढीमाई नगरपालिका–९ मुसहरनियामा म.प्र ०१–००४ प ३६०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ५० वर्षीय रतन यादवको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको आरके मेडिसिटी अस्पताल मुसहरनियामा उपचारका क्रममा मृत्यु भयो ।

यस्तै धनुषाको धनुषाधाम नगरपालिका–२ धमउरा पोखरीस्थित सडकमा ज.९ प ४००३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । मृत्यु हुनेमा चालक मिथिला बिहारी नगरपालिका–६ का २० वर्षीय अमृत कुमार महरा र पछाडि सवार जनकपुर उपहानगरपालिका–१४ का ३५ वर्षीय राकेश कुमार महरा रहेका छन् । उनीहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा मृत्यु भएको हो ।

महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित शुभ स्वास्तिक अस्पताल अगाडि बा.प्र.०२–०१९प.३१०३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा १९ वर्षीय शैलेस मगरको मृत्यु भएको छ । सोही दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन् ।

बागमती प्रदेशको चितवनस्थित भरतपुर महानगरपालिका–१४ राधापुरमा बा. प्र.०६–००६ प ७७१२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक ४० वर्षीय विनोद सुवेदीको मृत्यु भएको छ । उनको सरकारी अस्पताल भरतपुरमा उपचारका क्रममा ज्यान गएको हो ।

भक्तपुरको कमलविनायक बसपार्कमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । प्रदेश ३–०१–००३ क ६२९१ नम्बरको टिपरले बाग्मती प्रदेश ०२–०२० प ११६८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा भक्तपुर नगरपालिका–८ का २६ वर्षीय विमल वनमालाको मृत्यु भएको हो । सोही क्रममा बा.५५ प १७४५ नम्बरको मोटरसाइकल पनि दुर्घटनामा परेको थियो भने मोटरसाइकल चालक घाइते भएका छन् ।

उता कर्णाली प्रदेशको सुर्खेतस्थित पञ्चपुरी नगरपालिका–९ तल्लो बिजुमा भे.१ ह ३९८० नम्बरको अटोबाट खसेर ६२ वर्षीया आईते थापाको मृत्यु भएको छ । गम्भीर घाइते भएकी उनको प्रदेश अस्पताल कालागाउँमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले भक्तपुरमा टिपर चालक र सुर्खेतमा अटो चालकलाई नियन्त्रणमा लिएको छ । सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप