भारतले दियो नेपाललाई २२० वटा गाडी
सारांश
- भारत सरकारले नेपाल सरकारलाई निर्वाचनका लागि २२० वटा सवारी साधन प्रदान गरेको छ।
- अर्थमन्त्री रामेश्वर खनालका अनुसार, भारतले निर्वाचनका लागि करिब ६५० वटा सवारी साधन दिने भएको छ।
- यसअघि पनि भारतले नेपाललाई ६० भन्दा बढी सवारी साधन हस्तान्तरण गरिसकेको छ।
काठमाडौँ । भारत सरकारले नेपाल सरकारलाई २ सय २० वटा सवारी साधनहरु प्रदान गरेको छ ।
निर्वाचनका लागि नेपाल सरकारको आग्रह अनुसार भारत सरकारले दोस्रो लटमा उक्त सवारी साधनहरू हस्तान्तरण गरेको हो । बिहीबार अर्थ मन्त्रालयमा नेपालका लागि भारतका कार्यवाहक राजदूत डा. राकेश पाण्डेले सवारी साधनहरूको साँचो हस्तान्तरण गरे ।
अर्थमन्त्री रामेश्वर खनालले नेपालको आग्रह अनुसार भारत सरकारले निर्वाचनका लागि सवारीसाधन सहयोग गरेको जानकारी दिए । भारतले उपलब्ध गराउने करिब ६५० वटा विभिन्न किसिमका सवारी साधनमध्ये बिहीबार दोस्रो लटमा करिब २२० वटा सवारीसाधन प्राप्त भएको उनले बताए ।
यसपछि बाँकी रहेका सवारी साधनका साथै प्रहरीलाई आवश्यक अन्य सामाग्रीहरू समेत भारत सरकारबाट सहयोगस्वरुप प्राप्त हुने मन्त्री खनालले जानकारी दिए । केहीअघि पनि भारतले ६० भन्दा बढी सवारीसाधन नेपाललाई हस्तान्तरण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण