नेपाल र चिनियाँ टोलीबिच दशरथ रंगशालामा मैत्रीपूर्ण भिडन्त, जित्नेमा नेपाली टोली ढुक्क
सारांश
- नेपाली यू-२० महिला फुटबल टोली र चीनको युनान युथ वुमन्स टोलीबीच शनिबार मैत्रीपूर्ण खेल हुँदैछ।
- खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो आयोजना हुनेछ, जसमा दुवै टोलीले तयारी पूरा गरेका छन्।
- खेलले दुई देशबीचको खेलकुद सम्बन्धलाई प्रगाढ बनाउने विश्वास लिइएको छ, सांस्कृतिक प्रस्तुतिहरू पनि हुनेछन्।
काठमाडौँ । नेपाली राष्ट्रिय यू–२० महिला फुटबल टोली र चीनको युनान युथ वुमन्स टोलीबिच शनिबार मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। चिनियाँ नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको यो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो सुरु हुनेछ।
अखिल नेपाल फुटबल संघ (एन्फा), युनान विश्वविद्यालय र नेपाल ओभरसिज चिनियाँ संघको संयुक्त आयोजनामा हुन लागेको यस खेलका लागि दुवै टोलीले तयारी पूरा भएको जनाएका छन्। शुक्रबार आयोजित खेल पूर्वको पत्रकार सम्मेलनमा नेपाली टोलीकी कप्तान बिर्सना चौधरीले टोलीको 'टिमवर्क' र आपसी समन्वय उत्कृष्ट रहेकाले नतिजा नेपालको पक्षमा आउने विश्वास व्यक्त गरिन्। उनले घरेलु मैदानमा चिनियाँ टोलीविरुद्ध खेल्न आफूहरू निकै उत्साहित रहेको समेत बताइन्।

नेपाली टोलीका मुख्य प्रशिक्षक यमप्रसाद गुरुङले पनि खेलाडीहरू शारीरिक र मानसिक रूपमा तयार रहेको जानकारी दिए। यता चिनियाँ टोलीका प्रशिक्षक र कप्तानले पनि नेपाली टोलीसँग खेल्नु आफ्ना लागि राम्रो अनुभव हुने भन्दै प्रतिस्पर्धात्मक खेल पस्कने बताएका छन्। नेपालस्थित चिनियाँ दूतावास र राष्ट्रिय खेलकुद परिषद्को समन्वयमा हुने यो खेलले दुई देशबिचको खेलकुद सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास लिइएको छ।
खेल सुरु हुनुअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने झाँकी तथा प्रस्तुतिहरू समेत देखाइनेछ। एन्फाले विगत तीन वर्षदेखि नेपाल र चीनका युवा टोलीहरूबीच नियमित रूपमा यस्ता मैत्रीपूर्ण खेलहरू आयोजना गर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले र नेकपा मिले पनि गण्डकीमा नयाँ सरकार बनाउन कठिन
-
सुकुना माध्यमिक विद्यालयका विद्यार्थीमाथि दुर्व्यवहारको घटना : नृत्य प्रशिक्षक पक्राउ
-
नेपालको वर्तमान अर्थतन्त्र र ‘प्यारासुट’ अर्थमन्त्री
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सम्पन्न
-
१४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ
-
प्लेब्याक गायनमा अरिजित सिंहले गरेका हुन् कमब्याक ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण