कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले कांग्रेस समयानुकूल नयाँ युवाका भावनासहित नवीनसहित आएको बताएका छन् ।
कांग्रेसले सुरुवात गरेको ‘कांग्रेस डबली’ संवादका क्रममा शुक्रबार आयोजित पहिलो संस्करणमा उनले बदलिएर आएको कांग्रेस गौरवपूर्ण इतिहास र भरपर्दो भविष्यका साथ निर्वाचनमा होमिएको दाबी गरे ।
“नवयुवाले चाहेको परिवर्तनसँगै कांग्रेसले पनि पार्टी, स्वरूप, शैली र आचरणमा परिवर्तन ल्याएको छ”, प्रवक्ता चालिसेले भने, “युवा पुस्तामा कांग्रेस आएको छ । आशाको सिर्जना भएको छ । कांग्रेस बदलेको मात्र होइन, देश बदल्ने अठोटका नीतिसहित आएको छ ।”
पहिलो संस्करणमा ‘गैरकांग्रेसको दृष्टिमा अबको कांग्रेस’ विषयमा आज अनलाइनखबरका प्रधान सम्पादक वसन्त बस्नेतसँग संवाद गरिएको थियो ।
पत्रकार बस्नेतले फरक मतको संरक्षण र सम्मान तथा अभिव्यक्ति स्वतन्त्रतालाई प्रोत्साहन गर्नेगरी आयोजना गरिएको कार्यक्रम आलोचनात्मक छलफलका लागि उत्कृष्ट रहेका बताए।
उनले दलभित्र आन्तरिक लोकतान्त्रीकरण बलियो हुनुपर्नेमा जोड दिँदै कांग्रेसले नेतृत्वको अनुहार मात्र होइन, विचारसहितको परिवर्तनलाई स्थापित गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण