वर्षा र हिमपातबाट प्रभावित जनजीवन सामान्यतर्फ
काठमाडौँ । मङ्गलबार र बुधवार पश्चिमी न्यून चापीय प्रणाली सक्रिय हुँदा देशका धेरै स्थानमा वर्षा र हिमपात भएपछि प्रभावित भएको जनजीवन आजदेखि सामान्य बनेको छ । वर्षा र हिमपातले ठाउँठाउँमा यातायात आवागन तथा जनजीवन प्रभावित भएको थियो ।
हिमाली तथा उच्च पहाडी जिल्लाका सडकमा बाक्लो हिउँ पर्दा अवरुद्ध भएको सडक आज साँझसम्ममा हिउँ पन्छाएर आवागमन सञ्चालन गरिएको छ । सशस्त्र प्रहरीले आज अपराह्न मुस्ताङ जाने बाटोमा परेको हिउँसमेत पन्छाएको छ ।
अन्य विभिन्न क्षेत्रमा हिउँले अवरुद्ध भएको राजमार्ग खुलेको छ । सुरक्षा निकायको सक्रियतामा हिउँ पन्छाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हिजो अपराह्नदेखि मौसममा सुधार आई आज बिहानैदेखि घाम लाग्दा दैनिक जनजीवन सामान्य भएको प्रहरीको भनाइ छ ।
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलले प्रणाली बाहिरिएर धेरै ठाउँमा घाम लागे पनि बिहान बेलुका भने चिसो कायम रहने हुँदा चिसोबाट जोगिन अनुरोध गरेका छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँमा भने हल्का हिमपात र वर्षा हुने उनले बताए । तर मङ्गलबार र बुधबारको जस्तो अवस्था आइतबारसम्मलाई नरहेको उनले बताए ।
पछिल्लो प्रणाली विकास हुँदा काठमाडौँ उपत्यकासहित पश्चिम कोशी र मधेस प्रदेशबाहेकमा वर्षा र हिमपात भएको थियो । यसपाली सबैभन्दा बढी वर्षा सुर्खेतमा ४३ मिलिमिटरसम्म भएको थियो ।
आज साँझको मौसम बुलेटिनअनुसार अहिले जुम्लामा माइनस ४.५ डिग्री, जोमसोममा शून्य डिग्री, दोलखाको जिरीमा माइनस शून्य दशमलव ८ डिग्री न्यूनतम तापक्रम रहेको छ । काठमाडौँमा ४.८, ताप्लेजुङमा ५.९, दिपायलमा ५.५ डिग्री न्यूनतम तापक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ जिल्लामा प्रमुख जिल्ला अधिकारी परिवर्तन (सूचीसहित)
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण