वर्तमान सरकार नागरिकमैत्री छ : गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार नागरिकमैत्री भएकाले नागरिकका समस्या समाधानका लागि सधैँ सहकार्य र समन्वय गर्ने बताएका छन् ।
अखिल नेपाल कबडी सङ्घद्वारा आज यहाँ आयोजित २१औँ महिला तथा २५औँ पुरुष राष्ट्रिय कबडी प्रतियोगितामा उनले मुलुकमा सुशासन कायम गराउँदै शान्ति सुरक्षा, सामाजिक न्यायसहित नागरिकको जीवनस्तर उकास्ने कार्य सरकारको प्रमुख प्राथमिकतामा रहेकाले सोही अनुसार काम भइरहेको धारणा राखे ।
अन्तर्राष्ट्रिय तहका खेलकुद प्रतियोगिताबाट पदक भित्र्याउन सक्ने सम्भावित खेल कबडी नेपालमा अग्रपङ्क्तिमा रहेको बताउँदै मन्त्री अर्यालले सरकारले यो खेललाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरे ।
स्वदेशमा खेलेर जीवनयापन गर्न सक्ने वातावरण निर्माणका लागि खेललाई व्यावसायिक बनाउनुपर्नेमा उनले जोड दिए । खेलप्रति खेलाडीको आकर्षण बढाउँदै लैजानेगरी योजना र नीति निर्माण गर्नुपर्ने उनको भनाइ छ ।
सङ्घका अध्यक्ष तुलसी थापाले अहिले नेपाली युवा अवसरको खोजीमा विदेशतर्फ आकर्षित भइरहेको अवस्थामा खेलाडीलाई स्वदेशमा खेल्नसक्ने सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।
सङ्घका महासचिव अरविन्द झाले देशभरका ४२ जिल्लामा मान्यता प्राप्त गरेको सङ्घले कबडी खेललाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्दै खेलाडीको हकहित संरक्षण गर्दै लैजाने बताए ।
सातै प्रदेशका करिब २४० खेलाडीको सहभागितामा सम्पन्न प्रतियोगितामा प्रथम भएका नेपाली सेना तथा दोस्रो सशस्त्र प्रहरीको टोलीलाई पुरस्कृत गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सशस्त्रको हेडक्वार्टरमा आगलागी भएको घटना छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन
-
चेक अनादर मुद्दामा सर्वोच्चको फैसला : बाउन्स भएको चेकको रकम र ब्याज दुवै भराउनुपर्ने
-
विदेशबाट फर्किपछि माछापालनः मनग्य आम्दानी गर्दै विजयकुमार
-
गर्मी बढ्दै जाँदा ‘लू’ को उच्च जोखिम : के हुन् लक्षण र कसरी बच्ने?
-
तिला गाउँपालिमा भौतिक पूर्वाधार निर्माणमा प्रगति
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण