भारतीय प्रधानमन्त्री मोदी र भेनेजुएलाका अन्तरिम राष्ट्रपति रोड्रिगेजबिच टेलिफोन वार्ता
शुक्रबार, १६ माघ २०८२, २२ : ४५
सारांश
- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजबिच टेलिफोन वार्ता भयो।
- उनीहरूले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन र विस्तार गर्न सहमति जनाए।
- दुवै नेताले आगामी वर्षमा भारत र भेनेजुएला सम्बन्धलाई नयाँ उचाइमा लैजाने कुरा गरे।
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग टेलिफोन वार्ता गरेका छन् । शुक्रबार प्रधानमन्त्री मोदी र अन्तरिम राष्ट्रपति रोड्रिगेजबिच टेलिफोन वार्ता भएको हो ।
प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल एक्समार्फत सो कुराको जानकारी दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीले भनेका छन्, ‘मैले भेनेजुएलाका अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग कुरा गरेँ । हामी सबै क्षेत्रहरूमा हाम्रो द्विपक्षीय साझेदारीलाई अझ बलियो र विस्तार गर्न सहमत भएका छौँ ।’
उनले भारत र भेनेजुएलबिचको सम्बन्धलाई आगामी वर्ष नयाँ उचाइमा पुर्याउने साझा दृष्टिकोण रहेको समेत बताएका छन् । प्रधानमन्त्री मोदीले भनेका छन्– ‘आगामी वर्षहरूमा भारत र भेनेजुएलाबिचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने हाम्रो साझा दृष्टिकोण छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण