भरपर्दो पार्टी र व्यक्तिलाई चुन्न नसके देश प्रयोगशाला बन्छ : प्रवक्ता चालिसे
काठमाडाैँ । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले भरपर्दो मानिस र पार्टीलाई देश सुम्पिन नसके प्रयोगशाला बन्ने निश्चित रहेको बताएका छन् । शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी कहिल्यै पुरानो नहुने समेत बताए । अहिले नेपाली कांग्रेस नयाँ अनुहार, नयाँ सिद्धान्त र नीति बोकेर अघि बढिरहेको जिकिर गरे ।
उनले कांग्रेसले १६५ निर्वाचन क्षेत्रमध्ये १०६ वटामा नयाँ अनुहारलाई उम्मेदवार बनाएको पनि बताए । उनले अहिले भरपर्दो भविष्य हेर्ने बेला भएकाले कोही पनि उत्तेजनामा नआउन आग्रह गरे । देश तरकारी चाखेको जस्तो नभएको भन्दै भरपर्दो पार्टीलाई सुम्पिनुपर्ने बताए ।
कुनै कुरा मन परेन भन्दैमा आफ्नो भविष्य खाल्डोमा हाल्न नहुने समेत बताए । उनले भने, ‘पार्टी पुरानो हुँदैन, मान्छे पुरानो हुनसक्छ । मान्छे बुढो हुनसक्छ । नयाँ मान्छे लिएर आएका छौँ । १६५ क्षेत्रमा १०६ जना नयाँ उम्मेदवार दिएका छौँ । प्रधानमन्त्रीको उम्मेदवार नयाँ प्रस्ताव गरेका छौँ । यसबेला भरपर्दो भविष्य हेर्ने हो । कसको हातमा देश जिम्मा दिने ? यो प्रश्न हो । देश प्रयोगशाला हुँदैन । तरकारी टेस्ट गरेको जस्तो लौका र घिरौँला रोजेको जस्तो हुँदैन । देश भरपर्दो मानिस र भरपर्दो पार्टीको हातमा देश सुम्पिन सकेनौँ भने देशमा अराजकता हुन्छ, प्रयोगशालातर्फ जान्छ । सोमालिया जस्तो हुन्छ ।’
प्रवक्ता चालिसेले अहिले हरेक नागरिकले देशप्रति माया गर्ने बेला भएको बताए । विवेक र संयमले निर्णय गर्ने बेला आज रहेको बताए । जनतालाई मालिक बनाउने प्रणाली स्थापित गरेर कांग्रेस अघि बढ्ने बताए । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
-
उपेन्द्र यादवको जसपा दल विभाजन सम्बन्धी मुद्दामा सुनुवाइ सकियो
-
गाजामा इजरायली आक्रमण, ८ जनाको मृत्यु
-
परम्परागत नेतृत्वको ‘कम्फर्ट जोन’ र पुराना मानक बदल्न विज्ञहरूको जोड
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण