स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता होस् : उपराष्ट्रपति
सारांश
- उपराष्ट्रपति रामसहायप्रसाद यादवले आगामी निर्वाचनमा मतदाताले स्वतन्त्र मतदान गर्न पाउने सुनिश्चितताको कुरा गरे।
- उनले निर्वाचनमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने र सत्य सूचना प्रवाह गर्नुपर्ने बताए।
- यादवले डिजिटल माध्यमबाट जनतासम्म पुग्न र राष्ट्रको आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए।
काठमाडाैँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता गर्नुपर्ने बताएका छन् । शनिबार सिंहदरबारमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार भएको बताए । यसका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण रहेको बताए । उनले निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्नै बताए । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आग्रह गरे ।
सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माण लाग्न पनि आह्वान गरे ।
उनले भने, ‘आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्येक मतदाताले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मुख्य आधार हो । यसका लागि सञ्चारमाध्यमहरुको भूमिका महत्वपूर्ण छ । निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि, शान्तिपूर्ण वातावरणमा निर्माणमा सञ्चारमाध्यमले योगदान गर्नुपर्छ । पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ बनाउँदै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गरौँ । सत्य, निष्पक्षता, जनमुखी दृष्टिकोणलाई आत्मसात गर्दै राष्ट्र निर्माणमा निर्वाह गरौँ ।’
उनले डिजिटल माध्यममार्फत जनतासामु पुग्नुपर्ने आजको आवश्यकता रहेको बताए । राष्ट्रको आवाजलाई सशक्त बनाउनु सञ्चारमाध्यमहरुको प्रमुख दायित्व भएको बताए । -न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
-
वर्षौंदेखि अलपत्र १५ सडकका ठेक्का तोडियो
-
सर्लाहीका तीन प्रदेश सभा सदस्यलाई कांग्रेसले गरायो सचेत, बाराका उपसभापतिलाई सफाइ
-
पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा ५ जनाको मृत्यु
-
नेपाली कांग्रेस बाराका सभापति निलम्बित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण