एम्बाप्पेको पेनाल्टी गोलसँगै रियल मड्रिडको नाटकीय जित
काठमाडौँ । किलियन एम्बाप्पेले निर्धारित समय सकिएपछि थपिएको अतिरिक्त समयको अन्तिम मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि रियल मड्रिडले घरेलु मैदानमा रायो भालोकानोमाथि २–१ को संघर्षपूर्ण जित दर्ता गरेको छ ।
यो जितसँगै मड्रिडले लिग लिडर बार्सिलोनासँगको अंकदूरी कम गर्न सफल भएको छ ।
आइतबार साँझ घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडलाई जित निकाल्न निकै संघर्ष गर्नुपरेको थियो । खेल बराबरीमा धकेलिने निश्चितप्रायः भइसकेको अवस्थामा अतिरिक्त समयको आठौं मिनेटमा भालोकानोका खेलाडीले फल गरेर मड्रिडका खेलाडीलाई लडाएपछि रियलले पेनाल्टीको अवसर पाएको थियो । यस अवसरलाई एम्बाप्पेले सहजै गोलमा परिणत गर्दै रियललाई बहुमूल्य तीन अंक दिलाए ।
खेलको १५औँ मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको सुरुतिर, ४९औं मिनेटमा रायो भालोकानोले गोल फर्काएपछि खेल १–१ को बराबरीमा आएको थियो । खेलको अन्त्यतिर दुवै पक्षका खेलाडीबिच वादविवादसमेत भएको थियो ।
यस खेलमा रायो भालोकानोका दुई खेलाडीले रातो कार्ड खाएका थिए । ८०औं मिनेटमा पाथे किसा र अतिरिक्त समयको १३औँ मिनेटमा पेप चाबरियाले रातो कार्ड खाँदै मैदान छोड्नुपरेको थियो ।
यो जितसँगै रियल मड्रिडले २२ खेलपछि १७ जित र ३ बराबरीसहित ५४ अंक जोडेको छ । समान खेल खेलेको बार्सिलोनाको भने ५५ अंक छ । आज बिहान सकिएको अर्को खेलमा बार्सिलोनाले इल्चेमाथि ३–१ को शानदार जित निकालेको थियो ।
ला लिगमा पहिलो र दोस्रो स्थानका लागि बार्सिलोना र रियल मड्रिडबिच तीव्र प्रतिस्पर्धा चलिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण