अस्ट्रेलियामाथि पाकिस्तानको ऐतिहासिक जित : टी–२० शृङ्खला क्लिन स्विप
सारांश
- पाकिस्तानले लाहोरमा भएको खेलमा अस्ट्रेलियालाई १११ रनले पराजित गर्दै टी-२० शृङ्खला क्लिन स्विप गर्यो।
- टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले २०७ रन बनाएपछि अस्ट्रेलिया ९६ रनमै समेटियो, जसले गर्दा अस्ट्रेलियाको ठूलो हार भयो।
- सईम अयुब र बाबर आजमको अर्धशतक तथा मोहम्मद नवाजको उत्कृष्ट बलिङ प्रदर्शन पाकिस्तानको जितमा निर्णायक बन्यो।
लाहोर । लाहोरको गद्दाफी स्टेडियममा आइबार भएको अन्तिम खेलमा अस्ट्रेलियालाई १११ रनको विशाल अन्तरले पराजित गर्दै पाकिस्तानले तीन खेलको टी–२० शृङ्खला क्लिन स्विप गरेको छ। टस जितेर पहिले ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २०७ रनको बलियो योगफल खडा गरेको थियो।
२०८ रनको कठिन लक्ष्य पछ्याएको अस्ट्रेलिया १६.५ ओभरमा मात्र ९६ रनमा समेटिएपछि पाकिस्तानले कीर्तिमानी जित हात पार्यो। रनको अन्तरका आधारमा टी–२० इतिहासमा अस्ट्रेलियाको यो अहिलेसम्मकै सबैभन्दा ठूलो हार हो।
पाकिस्तानको जितमा ब्याटिङ र बलिङ दुवै पक्ष उत्कृष्ट रह्यो। सुरुवाती दुई विकेट छिट्टै गुमे पनि सईम अयुब र बाबर आजमले पारी सम्हालेका थिए। अयुबले ५६ रनको अर्धशतकीय पारी खेले भने लामो समयदेखि खराब फर्मबाट गुज्रिरहेका बाबर आजमले अविजित ५० रन बनाउँदै लयमा फर्किएको सङ्केत दिए। अन्तिम ओभरहरूमा शादाब खानले आक्रामक ब्याटिङ गर्दै मात्र १९ बलमा ५ छक्काको मद्दतले ४६ रन जोडेपछि पाकिस्तान विशाल स्कोरमा पुगेको हो।
अस्ट्रेलियाको पारी ध्वस्त पार्ने क्रममा स्पिनर मोहम्मद नवाज नायक बने। उनले आफ्नो ४ ओभरको स्पेलमा मात्र १८ रन खर्चेर ५ विकेट लिए, जुन उनको करियरकै सर्वश्रेष्ठ प्रदर्शन हो।
तीव्र गतिका बलर शाहीन शाह अफ्रिदीले सुरुवाती ओभरमै अस्ट्रेलियाली शीर्ष क्रमलाई धराशायी बनाउँदै २ विकेट झट्काएका थिए। अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले २३ र क्यामरन ग्रीनले २२ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याटरले पाकिस्तानी बलरसामु टिकेर खेल्न सकेनन्।
यसअघि पाकिस्तानले पहिलो र दोस्रो एकदिवसीय खेलमा पनि क्रमशः २२ र ९० रनको जित निकाल्दै आफ्नो दबदबा कायम राखेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण