साउथ सुपरस्टार रामचरणलाई जुम्ल्याहा सन्तान
सारांश
- साउथ सुपरस्टार रामचरण र उपासनालाई जुम्ल्याहा सन्तान (छोरा र छोरी) जन्मिएको छ।
- यो खुसीको खबर चिरञ्जीवीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन्।
- रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए र २०२३ मा छोरीको स्वागत गरेका थिए।
हैदरावाद । साउथ फिल्मका सुपरस्टार रामचरण दोस्रो पटक पिता बनेका छन्। उनकी पत्नी उपासना कोनिडेलाले ३१ जनवरीमा हैदरावादस्थित अपोलो अस्पतालमा जुम्ल्याहा सन्तानलाई जन्म दिएकी हुन्।
रामचरणका पिता एवं दिग्गज अभिनेता चिरञ्जीवीले सामाजिक सञ्जालमार्फत यो खुसीको खबर सार्वजनिक गर्दै उपासनाले एक छोरा र एक छोरीलाई जन्म दिएको जानकारी दिएका छन्। चिरञ्जीवीले आफ्नो आधिकारिक 'एक्स' (ट्विटर) अकाउन्टमा लेखेका छन्, æअत्यन्तै खुसी र हृदयदेखिको आभारका साथ हामी यो जानकारी गराउँदछौँ कि रामचरण र उपासनालाई जुम्ल्याहा सन्तान, एक छोरा र एक छोरीको आशीर्वाद प्राप्त भएको छ। आमा र दुवै बच्चाको स्वास्थ्य अवस्था राम्रो छ। हजुरबुबा–हजुरआमाका रूपमा यी साना पाहुनालाई परिवारमा स्वागत गर्न पाउनु हाम्रा लागि शुद्ध आनन्द र ईश्वरीय आशीर्वादको क्षण हो।’
खुसीको खबर पाएपछि रामचरण आफ्नी जेठी छोरी क्लिन कारालाई लिएर अपोलो अस्पताल पुगेका थिए। अस्पताल बाहिर मिडिया र प्रशंसकको ठुलो भीड जम्मा भएको थियो।
रामचरण र उपासनाले सन् २०१२ मा विवाह गरेका थिए। विवाहको ११ वर्षपछि सन् २०२३ मा उनीहरूले जेठी छोरी क्लिन कारालाई स्वागत गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण