बल्छी धुर्बेको ‘गोबर गणेश’ ले तीन सातामा कमायो १ करोड ३६ लाख
सोमबार, १९ माघ २०८२, १२ : ०६
सारांश
- बल्छी धुर्बे निर्देशित फिल्म 'गोबर गणेश' ले तीन सातामा १ करोड ३६ लाख कमाएको छ।
- फिल्मले दोस्रो हप्तामा १ करोड १४ लाख ३५ हजार नेरु कमाएको थियो।
- फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे, पदम तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।
काठमाडौँ । बल्छी धुर्बे निर्देशित फिल्म ‘गोबर गणेश’ ले प्रदर्शनको तीन सातामा १ करोड ३६ लाख कमाउन सफल भएको छ । प्रदर्शनको दोस्रो शनिबारसम्म फिल्मको कुल कमाइ १ करोड १४ लाख ३५ हजार नेरु ग्रस रहेको थियो ।
फिल्मले तेस्रो शनिबारसम्म आफ्नो आम्दानी १ करोड ३६ लाख २० हजार ८६६ पुर्याएको छ । यो अवधिमा फिल्मको टिकट भने ४८ हजार ५३ वटा बिक्री भएका छन् ।
निर्देशक श्रेष्ठकै लगानी र मुख्य भूमिका समेत रहेको फिल्ममा वर्षा शिवाकोटी, पूजन घिमिरे ‘पुकु’, पदम तामाङ, सीतादेवी तिमल्सिना लगायतको अभिनय छ । आमाको सपना पूरा गर्न गाउँदेखि सहरमा आएको पात्रले गर्ने सङ्घर्ष र उतार चढावको कथावस्तु यसमा समावेश छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण