प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त
सारांश
- प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन्, जसको कार्यकाल ४ वर्षको हुनेछ।
- शर्मा अनुभवी बैंकर हुन् र उनले ३ दशक लामो बैंकिङ अनुभव सँगालेका छन्।
- यसअघि शर्माले माछापुच्छ्रे बैंक र सनराइज बैंकको सीईओको रूपमा काम गरेका थिए।
काठमाडौँ । प्रभु बैंकको सीईओमा सुमन शर्मा नियुक्त भएका छन् । मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले आजैदेखि लागू हुनेगरी शर्मालाई सीईओमा नियुक्त गरेको हो ।
उनको कार्यकाल ४ वर्षको हुने बैंकका कम्पनी सचिव अमित भण्डारीले जानकारी दिए । अनुभवी र कुशल बैंकरको पहिचान बनाएका शर्माले बैंकिङ क्षेत्रमा बैंकिङ क्षेत्रमा ३ दशकको अनुभव सँगालेका छन् । यसअघि उनी माछापुच्छ्रे बैंकमा २१ महिना र त्यसपछि छोटो समयको लागि सनराइज बैंकको सीईओ बनेका थिए ।
शर्मासँग त्यसअघि ग्लोबल आईएमई बैंक, एनएमबि बैंक लगायतमा काम गरेको अनुभव छ । शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर डिग्री हासिल गरेका छन् भने नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर गरेका छन् ।
उनले सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट आफ्नो करियर सुरु गरेका थिए । उनले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छ्रे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण